Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अद्यावधिक नक्सा समेटिएको खुसियालिमा अनेरास्वबियू र राष्ट्रिय युवा संघद्वारा दीप प्रज्वलन

Milan Ghimire by Milan Ghimire
June 14, 2020
in राष्ट्रिय समाचार, समाचार
0
अद्यावधिक नक्सा समेटिएको खुसियालिमा अनेरास्वबियू र राष्ट्रिय युवा संघद्वारा दीप प्रज्वलन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
जेठ ३१,

रामेछाप । प्रतिनिधिसभा बैठकबाट नेपालको अद्यावधिक नक्सा समेटिएको ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’  दुई तिहाइ भन्दा बढी मतले पारित भएको खुसियालिमा अनेरास्वबियू जिल्ला कमिटी,रामेछाप र राष्ट्रिय युवा संघ नेपाल रामेछापले संयुक्त रुपमा दीप प्रज्वालन गरेका छन् । शनिबार साँझ रामेछापको सदरमुकाम मन्थलीमा दीप प्रज्वालन गरिएको हो ।

शनिबारको प्रतिनिधिसभा बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गर्ने ऐतिहासिक निर्णय गरेको हो । संशोधन प्रस्तावमाथिको दफावार छलफलपछि निर्णयका लागि संसदमा मतदान भएको थियो । जसअनुसार संविधान संशोधनका लागि भएकाे मतदानमा २५८ मत खसेकोमा पक्षमा सबै २५८ र विपक्षमा कुनै पनि मत परेन । २७५ सदस्सीय संसदमा २५८ मत खसेसँगै संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गरेका थिए ।

मतविभाजनमा जानु अघि ५ मिनेट सम्म घण्टी बजाएर बाहिर हुने सांसदलाई सभामा प्रवेश गराईएको थियो ।  २७५ सदस्सीय संसदमा मतदानबाट २५८ मत खसेसँगै संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको हो ।

यो पनि पढनुहोस्
ऐतिहासिक निर्णय : नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक २ तिहाइ भन्दा बढीमतले पारित

सो अवसरमा बोल्दै अनेरास्वबियू जिल्ला कमिटी संयोजक सागरहरी अधिकारीले यो ऐतिहासिक कदम चाल्ने नेपाल सरकारलाइ धन्यवाद व्यक्त गरे । र नक्सामा समेटिएको भूमी अब कुटनीतिक पहल मार्फत फिर्ता गर्दै कालापानीमा बसेको भारतिय सेना तत्काल हटाउनु पर्नेमा जोडदिए । उनले शुक्रबार नेपाल विद्यार्थीसंघले सरकार बिरुद्ध निकालेको मसाल जुलुसमा नेपालको संसदमै राष्ट्रघाती अभिब्यक्ती दिने सरिता गिरीका बिरुद्ध नबोलेको देख्दा दु : ख लागेको तर्क गरे ।

नेपाल सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ ।

दीप प्रज्वालन कार्यक्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्लाका नेताहरुको पनि सहभागिता रहेको थियो । Photo : Puskar Bhattarai

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

ऐतिहासिक निर्णय : नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक २ तिहाइ भन्दा बढीमतले पारित

Next Post

नेपालमा प्रत्येक १ घण्टामा १२ जना कोरोना संक्रमित

Next Post
दुईजना कोरोना संक्रमित थपिए, ५९ पुग्यो संख्या

नेपालमा प्रत्येक १ घण्टामा १२ जना कोरोना संक्रमित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.