जेठ ३२,
काठमाडौं । प्रत्येक एक घण्टामा १२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिने गरेका छन् । पछिल्लो एक साताको अवधिमा थप २ हजार १ सय जना संक्रमित थपिएका छन् । पछिल्लो एक सातालाई आधार मान्दा प्रत्येक घण्टामा १२ जनाको हाराहारीमा नयाँ संक्रमित थपिएको देखिन्छ ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गत आइतबार २ सय १३, सोमबार ३ सय १४, मंगलबार ३ सय २३, बुधबार २ सय ७९, बिहीबार २ सय ५० र शुक्रबार ४ सय ४८ जना नयाँ संक्रमित थपिएका थिए ।
यो पनि पढनुहोस्
२ जनाको मृत्यु पुष्टि : कोरोना संक्रमितको संख्या ५३३५ पुग्यो
५ वर्षीय बालकको मृत्युपछि कोरोना संक्रमण पुष्टि : मृत्कको संख्या १८,
कोरोनाबाट थप एकको मृत्यु : १७ पुग्यो संख्या
नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । थपिएका २ सय ७३ सहित नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् । file Photo