असार १,
रामेछापका ४१ वर्षिय एक युवा सवारी दुर्घटना गराएको आरोपमा पक्राउ परेका छन् । मन्थली नगरपालिका वडा नं. ३ स्थायी ठेगाना भई हाल राजधानीमा सवारी चालक पेशा गरी बस्ने राजकुमार खत्री पक्राउ परेका हुन् । गत जेठ २९ गते खत्रीले चलाएको पानी ट्याङ्करले मध्यपुर थिमी नगरपालिका वडा नं. ९ बोडेमा एक महिलालाई उनले चलाएको ट्याङ्करले ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएकी महिलालाई उपचारका लागि नेपाल कोरिया मैत्री अस्पतालमा राखिएकोमा गत आइतबार उनको मृत्यु भएको भक्तपुरका प्रहरी नायव उपरक्षक दीपक गिरीले जानकारी दिएका छन् ।
खत्रीले चलाएको बा ५ ख ३४११ नम्बरको पानी ट्याङ्की र बा. ९२ प ७०७७ नम्बरको स्कुटर एकआपसमा ठक्करखाई स्कुटरको पछाडि सवार काठमाडौं कागेश्वरी बसोबास गर्दै आएकी ४५ वर्षिय लक्ष्मी कार्की मृत्यु भएको हो ।
घाइते भएकी कार्कीको नेपाल कोरिया मैत्री अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि न्यूरो अस्पताल लगिएकोमा उनको सोही अस्पतालमा मृत्यु भएको घटनमा संलग्न सवारी साधन तथा चालकलाई नियन्त्रणमा लिइएको गिरीले जानकारी दिएका छन् ।