Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

संसार हाँक्ने युवालाई सम्बोधन गर्ने निबन्धको पुस्तक‘ब्याक बेन्चर’

जनता भ्वाइस by जनता भ्वाइस
June 16, 2020
in विचार
0
संसार हाँक्ने युवालाई सम्बोधन गर्ने निबन्धको पुस्तक‘ब्याक बेन्चर’
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

भनिन्छ – साहित्यमा धेरै ‘सेक्स’ बिक्छ । त्यसपछि ‘अपराध’ बिक्छ र सबैभन्दा कम ‘आदर्श’ बिक्छ । यो आजको लेखकीय बाध्यता हो । तर केही यस्ता लेखकहरु पनि समाजमा हुन्छन् जो बिकाउ हुन्छ भन्दैमा सेक्स र अपराधलाई मात्र बढावा दिँदैनन् । तिनीहरु जीवनपर्यन्त आदर्शलाई नै शिरोधार्य गरेर लेखनमा समर्पण भैरहन्छन् । विगत् चार दसकदेखि यसैगरी लेखनमा समर्पण भैरहने साहित्यिक स्रष्टा हुन् – पेशल आचार्य । यिनी मूलतः कवि, निबन्धकार र कथाकार हुन् । तर अहिले चाहिँ यिनी निबन्धकार ‘गेटअप’ मा देखापरेका छन् र यो परिचयमा यिनलाई ल्याएको छ निबन्ध कृति –‘ब्याक बेन्चर’ले ।


निबन्ध साहित्यको सबैभन्दा कान्छो विधा मानिन्छ । विश्व साहित्यमा समेत अचेल अनाख्यान विधाका रूपमा बजार तताउन सफल निबन्ध आख्यान (कथा र उपन्यास) पछि सबैभन्दा धेरै विक्री हुने र पढिने विधामा पर्छ । नेपालमै पनि लक्ष्मीप्रसाद देवकोटा, शङ्कर लामिछाने, भैरव अर्याल, डा.तारानाथ शर्मा र प्राडा डिपी भण्डारीका जस्ता रूमानि भाषाशैलीमा खिपेर निबन्ध लेखी यी ‘पाँच महारथी’ को गोहो पछ्याउने जुझारू युवा निबन्धकारहरू अझै निस्कन सकिरहेका छैनन् ।


निस्केका र केही दम भएकाहरू पनि एकादुई मात्रै छन् । ती जो छन् आफैँमा स्वनामधन्य छन् नै तर कोहीकोही चाहिँ चर्चाको फूलबारीमा रमाएर औ रम्रिएर गजक्क परी बसेका छन् भने कोही पाउनु पर्ने जति समेत चर्चा नपाएर त्यसैत्यसै मुर्झाएका छन् । त्यसैले नेपाली साहित्यमा समेत आधुनिक कालका पाँच महारथीहरू भन्दा पछिल्लो कालमा देखिएका निबन्धकार र तिनका निबन्धहरूले पाठक, शुभेच्छुक, मर्मज्ञ र हिताकांक्षीलाई त्यसैत्यसै लठ्याएर पछि हिँडाउन सकेका छैनन् । यो कटुसत्य अवस्था हो ।


यो अवस्था विस्तारैविस्तारै अन्त्य हुँदै जाँदो छ । विगत् केही दसकयता नेपाली भाषामा राम्रा निबन्ध लेखकहरूको अभ्युदय हुँदै गएको पाइन्छ । तीसको दसकमा कलम चलाएर वर्तमान समयसम्म अनवरत कलम चलाइरहने निबन्धकारहरू मध्ये क्रमशः प्रा.शिवगोपाल रिसाल, कृष्ण धरावासी, महेश प्रसाईं, श्याम गोतामे, बालमुकुन्ददेव पाण्डे, शिव अधिकारी, प्रकाश सायमी, युवराज नयाँघरे, भीष्म उप्रेती, वसन्तप्रकाश उपाध्याय र ज्ञानेन्द्र विवशहरूका कलमबाट अत्याधुनिक नेपाली निबन्धको यात्रा उत्तरोत्तर रूपमा अघि बढ्दै गएको थाहा पाइन्छ ।


सोही आत्मपरक निबन्ध लेखनको ‘लेन’मा यतिखेर आफ्नो गम्भीर र बहुप्रतिक्षित निबन्धको कृति ‘ब्याक बेन्चर’ लिएर निबन्धकार पेशल आचार्य पाठकहरूमाझ आएका छन् । यो सानो किताब चर्चामा सोही निबन्ध कृतिलाई चर्चाको केन्द्रविन्दुमा राखेर लेखन समग्रता बारेमा उहापोह गरिएको छ ।

उनी वैज्ञानिक, अनुसन्धाता, मोटिभेसन स्पिकर, प्राध्यापक, लेखक, सामाजिक अभियन्ता र राष्ट्रपति समेत भैसकेका बहुमुखी व्यक्तित्व हुन् ।


‘सबैभन्दा तीक्ष्ण दिमाग कक्षा कोठाका अन्तिम बेन्चमा भेटिन सक्छन्’ – सामान्य जस्तो लाग्ने यो भनाइको अन्तर्यमा पसेर भावार्थ खोतल्ने हो भने जोकोही मानिसलाई पनि यसले ४४० भोल्टको करेन्ट लगाइदिन सक्छ ।
यो महान्वाणी भारतका पूर्व राष्ट्रपति स्व.एपिजे अब्दुल कलामको हो । कलाम भुइँ मान्छेको तह औ तप्काबाट स्वपरिश्रम र अतुल लगनले क्रमशः माथि उठेर अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारतमा ठूलो योगदान दिने त्यस्ता महापुरुषहरूमध्ये हुन् जसलाई भारतीय राजनीतिले सर्वसम्मत रूपले राष्ट्रपतिजस्तो उच्च गरिमामय स्थानमा पु¥यायो । उनी वैज्ञानिक, अनुसन्धाता, मोटिभेसन स्पिकर, प्राध्यापक, लेखक, सामाजिक अभियन्ता र राष्ट्रपति समेत भैसकेका बहुमुखी व्यक्तित्व हुन् ।


स्व.कलामको चर्चा यहाँ मुफ्तमा गरिएको होइन । यिनको महान्वाणी जो माथि ‘कोट’ गरियो त्यसैलाई समर्पणमा उद्धृत गरी आफ्नो निबन्धात्मक कृतिमा एकजना नेपाली निबन्धका क्रियाशील लेखकले एक दसक समय लगाएर निबन्धको कृति प्रकाशित गरेका छन् । कृतिको नाम –‘ब्याक बेन्चर’ र निबन्धकार हुन् – पेशल आचार्य ।
डिकुरा पब्लिकेसन, बागबजारद्वारा २०७६, माघमा प्रकाशित यो निबन्ध सँगालोमा २९ वटा आत्मपरक निबन्धहरू समेटिएका छन् । वरिष्ठ कवि÷निबन्धकार महेश प्रसाईंको बेजोड भूमिका रहेको यो कृति आकर्षक साजसज्जा र कलेवरमा रम्रिएको छ । २४० पृष्ठको यो किताबको मोल ३९९ रूपैयाँ राखिएको छ ।

यसका अलावा मिठो झन्झट, दुःख आफै दुख्ने गर्छ, शब्दका पछाडिपछाडि, असत्य मेव जयते, भार्या चिन्तन, सम्पादकको मृत्यु, कीर्तिपुरे जुत्ता, शम्भवामी युगेयुगे, समय बालापन फर्काइदे, कट्फर जिन्दगी र रित्तो गुँड र चरा नियतिजस्ता बेजोड आत्मपरक निबन्धहरू नयाँ पुस्ताका लागि अमिट कोसेली हुन सक्छन् ।


‘जीवन, जगत, प्रेम, यौन, इतिहास, दर्शन, वाङ्मय, कला, विकास, संस्कार, सन्तती, विवाह, सन्तान र भावी संसारका बारेमा विविध विषयानुभूति र तीर्यक चित्रणका साथ प्रस्तुत गरिएको’ कुरा लेखकले एक प्रश्नमा स्वीकारेका छन् ।
‘ब्याक बेन्चर’ नामक यिनको टाइटल निबन्ध र सङ्ग्रहकै मुटु हो । यसका अलावा मिठो झन्झट, दुःख आफै दुख्ने गर्छ, शब्दका पछाडिपछाडि, असत्य मेव जयते, भार्या चिन्तन, सम्पादकको मृत्यु, कीर्तिपुरे जुत्ता, शम्भवामी युगेयुगे, समय बालापन फर्काइदे, कट्फर जिन्दगी र रित्तो गुँड र चरा नियतिजस्ता बेजोड आत्मपरक निबन्धहरू नयाँ पुस्ताका लागि अमिट कोसेली हुन सक्छन् ।


२०३६ सालको ‘सडक कविता क्रान्ति’मा कवि भवानी घिमिरेको कविता भन्ने अद्भूत शैली र विद्रोह चेतका कविताको नटुङ्गिने रागबाट सर्लक्कै प्रभावित बनेर नेपाली साहित्यमा उदाएका पेशल आचार्य रूचिले कवि, निबन्धकार र कथाकार तथा पेसाले शिक्षक र प्राध्यापक हुन् । उनले तीन दसकको शिक्षण र प्राध्यापनका दौरानमा हजारौं विद्यार्थीहरूलाई कक्षाभित्र र बाहिर सिकाए÷सुझाए ।

यिनको लेखन २०३६ सालबाट आरम्भ भएपनि प्रकाशन चाहिँ २०४० सालबाट भएको हो । यिनी स्थानीय, क्षेत्रीय र राष्ट्रिय पत्रिकाहरूमा विस्तारै कलम चलाउँदै खारिएर आएका लेखक हुन् ।


सोही पेसाले उनलाई आफ्ना कक्षाको अन्तिम सिटमा बस्ने विद्यार्थीहरूको हाउभाउ, फरक प्रतिभा र अन्तर्आवाजलाई सुन्यो र अन्ततः यो कृतिको जन्म भयो । उनी यसैपाला पनि ‘अमेरिकन आइडल’मा दोस्रो उपविजेता बन्न सफल भएका नेपाली मूलका विद्यार्थी देवेश पोखरेल उर्फ आर्थर गनको उदाहरण दिँदै भन्छन् –‘आजसम्म हामीले जहिल्यै अघिल्लो बेन्चमै बस्नेका कुरा मात्र सुन्यौं । अब पछिल्लो बेन्चमा बस्नेका कुरा सुनौ त विश्व कम्ति राम रमाइलो र फन्नी हुँदैन । प्रतिभा नै पछिल्लो पङ्क्तिमा बस्नेहरूसँग हुन्छ ।

भनिन्छ नि, हिलैमा कमल फुल्छ ।’
तीसको दसकको उत्तराद्र्धदेखि कविता विधामा देखापरेको नाम हो – पेशल आचार्य । २०२३ साउन १५ गते विराटनगर –४, बरगाछी, मोरङमा माता शोभा आचार्य र पिता श्याम आचार्यका तीन भाइ छोरामध्ये जेठा छोराका रूपमा जन्मेका आचार्यले त्रिविबाट नेपालीमा एम्ए र बीएड्को शिक्षा हासिल गरेका छन् ।


यिनको लेखन २०३६ सालबाट आरम्भ भएपनि प्रकाशन चाहिँ २०४० सालबाट भएको हो । यिनी स्थानीय, क्षेत्रीय र राष्ट्रिय पत्रिकाहरूमा विस्तारै कलम चलाउँदै खारिएर आएका लेखक हुन् । जमानामा लेटरप्रेसका ग्लाली प्रुफमा काम गरेका यिनलाई लेखनको सुखदुःख र प्रकाशनका ‘लगडधस्’ राम्रोसँग थाहा छ । यिनलाई युवाहरूसँग मिल्न सक्ने खुबी भएका सिर्जनशील लेखक पनि भनिन्छ ।

२०६० सालमा ‘कमिलाको ताँती’ नामक बालकविता सङ्ग्रह प्रकाशित गरी कृति प्रकाशनको दौडमा सामेल आचार्यका बालकथा, कविता, निबन्ध, अन्तर्वार्ता, समालोचना र आत्मपरक निबन्धका गरी १० वटा किताब प्रकाशित भैसकेका छन् ।


२०६० सालमा ‘कमिलाको ताँती’ नामक बालकविता सङ्ग्रह प्रकाशित गरी कृति प्रकाशनको दौडमा सामेल आचार्यका बालकथा, कविता, निबन्ध, अन्तर्वार्ता, समालोचना र आत्मपरक निबन्धका गरी १० वटा किताब प्रकाशित भैसकेका छन् । यिनका ‘डुसी बाछी र भाइटीका’ तथा ‘किस्ताको कम्प्युटर’ नामका दुई कथाहरू कक्षा ५ र ६ मा विगत् एक दसक अघिदेखि कोर्समा पढाइ हुँदै आएका छन् ।


यिनले आधुनिक र राष्ट्रिय गीतहरू पनि लेखेका छन् । यिनका गीत सङ्स नेपालले यु ट्युबमा अपलोड गरेको छ । मुक्तक, छोक र हाइकूमा यिनी आफूलाई संक्षिप्तमा प्रस्तुत गर्न औधी मन पराउँछन् । यिनी बालसाहित्य र किशोर साहित्यमा तालिम समेत दिन्छन् । लेखन, सम्पादन, प्रकाशन र गोष्ठीमा यिनले उत्पे्ररित गरेका प्रतिभाहरूले यिनलाई ‘पि गुरु’ भनेर बोलाउँछन् । अध्ययन, लेखन र प्रशिक्षणमा समर्पित आचार्य रामेछाप जिल्लाका वर्तमान समयका सबैभन्दा पुराना नेपाली भाषा शिक्षक, साहित्यिक पत्रकार र लेखक हुन् ।


शिक्षण पेसामा रहेका आचार्य हाल मन्थली नमुना मावि मन्थलीको सहायक प्र्रधानाध्यापक पदमा क्रियाशील छन् । नेपाली भाषा शिक्षक समाज र अनौपचारिक साहित्यिक मञ्च रामेछापका अध्यक्ष समेत रहेका आचार्यले परिवेश पुरस्कार –२०५१, उत्कृष्ठ कवि, बीबीसी, लण्डन –२०५४, कविता महोत्सव पुरस्कार, धरान –२०५५, र राष्ट्रिय शिक्षा पदक –२०६८ समेतका पदक र पुरस्कारहरू प्राप्त गरेका छन् ।


पुस्तक प्रकाशनको माहोल पार्दै लेखकलाई पाँच प्रश्न गरिएको छ । प्रस्तुत छ सवाल÷जवाफ :
प्रश्न १) यहाँको साहित्य लेखनको मूल अभीष्टता (उद्देश्य) के हो ?
उत्तर : समाज र समयलाई कलात्मक शब्द चित्रमा उतारेर भविष्यका सन्ततीलाई विविध विधा र नामका दस्तावेजका रूपमा विचार सुम्पने चाहना नै मेरो लेखनको अभीष्टता हो ।


प्रश्न २): यहाँले लेखेर के पाउनु भयो ? के गुमाउनु भयो ?

उत्तर: मेरो विचारमा लेखनमा गुमाउनु पर्ने केही छैनन् । सबै पाउनु मात्रै छन् । लेख्ने मान्छेकै नाताले भलिभाँती समाज पढ्न पाएँ । नैरन्तर तरोताजा (अपडेट) हुने अवसर जो मिलेको छ । केही साथीभाइ पनि कमाएँ । विद्यार्थीलाई सकेको काउन्सिलिङ् गरेकै छु । धेरै लेखक र पाठकलाई नजिकबाट पढेको छु । एउटा जीवनमा यो भन्दा धेरै उपलब्धि अरू के हुन सक्छन् र ?


प्रश्न ३):कति कृति प्रकशनमा आए, अझै कति बाहिर ल्याउने योजना छ ?

उत्तर :१० वटा आए । ७ वटा बाल साहित्यका र ३ प्रौढ साहित्यका । बाल साहित्यका कृति अब छैनन् । प्रौढ साहित्यका चाहिँ सबै विधा गरी अझै ८÷१० वटै कृति छन् । कुनकुन आउँछन् अहिले नै भन्नु चाँडो हुनेछ । प्रकाशकले जे मन पराउँछन् ती अघि आउने रै’छन् । यो ‘ब्याक बेन्चर’ निबन्धसङ्ग्रह समेत १० वर्षका दौरानमा प्रकाशन भएको हो । अब २०७७ मङ्सिरतिर निबन्धकै कृति ‘पावर, मनी र सेक्स’ बजारमा आउँदै छ ।


प्रश्न ४): पुरस्कारका सवालमा यहाँको धारणा जान्न सकिन्छ ?
उत्त:लेखन अन्तर्मनको अनन्त इच्छा हो भने प्रकाशन सोही इच्छाको दोस्रो खुड्किलो हो ।


प्रश्न ५):नयाँ लेखकहरूलाई लेखनका बारेमा के सल्लाह दिनु हुन्छ ?
उत्तर :नयाँ लेखकहरू हामी पुरानाभन्दा धेरै उम्दा र चुजी छन् । तिनीहरूको विषयवस्तु पक्रने कला, लेखन शैली र अध्ययन हामीभन्दा धेरै उच्च स्तरको छ । अझ म त भन्छु ः यहाँ पुराना भन्दा नयाँ लेखकअघि, गुरुभन्दा चेलाअघि, बाबुभन्दा छोराअघि, नेताभन्दा जनताअघि, हाकिमभन्दा कारिन्दा अघि, डिरेक्टरभन्दा दर्शक अघि र लेखकभन्दा पाठक अघि देख्छु म त । अहिले लेख्ने जो सुकैले पाठकलाई नजरअन्दाज गरेर लेख्यो भने त्यो टिक्दैन अनि बजारमा बिक्दैन । यो समग्रतामा हो । म केही पुरानै भए पनि सबै खाले नयाँहरूलाई असीम माया र ऊर्जाशील उत्प्रेरणा दिन्छु । दिइरहेछु ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

पानी ट्याङ्कले ठक्करदिंदा एकको मृत्यु, खत्री प्रहरी नियन्त्रणमा,

Next Post

आज ४५१ जनामा कोरोना पुष्टि : ६२११ जना पुग्यो संख्या

Next Post
४ हजार नाघ्यो कोरोना संक्रमितको संख्या, आज ३२३ जनामा पुष्टि

आज ४५१ जनामा कोरोना पुष्टि : ६२११ जना पुग्यो संख्या

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.