असार २,
रामेछाप । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका ३९ वर्षीय अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ । उनको आज बिहान ८ : ३० बजे निधन भएको गाउँपालिका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिए।
उनका अनुसार शेर्पा विगत १० महिना देखि पेटको आमासयमा रहने सानो आन्द्रामा क्यान्सर भएपछि थलिएकाको शेर्पाको स्वास्थ्यमा सुधार नआएपछि जेठ १० गते हेलिकोप्टर मार्फत जन्मस्थल लुक्ला ल्याईएको थियो। खुम्बु क्षेत्र तथा शेर्पा समुदायमा लोकप्रिय युवा नेता मानिने शेर्पाको पछिल्लो समय काठमाडौँको ह्याम्स अस्पतालमा केमो थेरापी गराइएको थियो। चिकित्सककाअनुसार शल्याक्रिया गर्नुपर्ने भएपनि तौल कम हुँदा उपचार गर्न नसकिएको हो । स्वास्थ्य अवस्था स्थिर देखिएको कारण चिकित्सकले नै घर लैजान सुझाव दिएपछि लुक्ला ल्याएको प्रवक्ता शेर्पाले बताए।
१० महिना पहिले भारतको मेतान्द अस्पतालमा भर्ना भएका शेर्पाले त्यहाँ दुई महिनासम्म रेडियो थेरापी गराएका थिए। त्यसपछि स्वइजरल्याण्डमा पनि थप उपचार गराएर काठमाडौँ फर्केका शेर्पाले पछिल्लो समय ह्याम्स अस्पतालमा नियमित उपचार गराउँदै आएका थिए।
अध्यक्ष शेर्पाले गाउँपालिका अध्यक्षको जिम्मेवारी सक्रियतापूर्वक निर्वाह गर्ने अवस्था नभएपछि उपाध्यक्ष टसील्हमू शेर्पालाई जेठ १२ गते देखि कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएका थिए। सोही बेला उनले सामाजिक सञ्जाल फेसबुक मार्फत वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा कर्मचारीहरु समेतलाई उच्च मनोवलका साथ काम गर्न आग्रह गरेका थिए। पुर्व एमालेबाट निर्वाचित शेर्पा नेकपा सोलुखुम्बुको जिल्ला कमिटि सदस्य पनि हुन्। उनको तीन छोरा छन्। सम्बन्धित ब्यक्तिको फेस्बुकबाट





