असार २,
काठमाण्डौ । सरकारले यसअघि वितरण गरेको सबै सवारी पास रद्द गरेको छ । अब ट्राफिक प्रहरीले पासभन्दा पनि गाडीको नम्बर प्लेटका आधारमा जोर गते जोर नम्बर प्लेटका र बिजोर गते बिजोर नम्बर प्लेटका गाडी मात्रै चल्न दिने गृह मन्त्रालयले जनाएको छ ।
त्यही अनुसार आज जोर गते जोर नम्बर प्लेटका गाडी चलिरहेका छन् । आज जोर गते भएकाले मोटरसाइकल तथा निजी गाडीको अन्तिम नम्बर जोर भएका गाडी मात्रै चल्न पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज बिजोर नम्बर प्लेट भएका गाडी चलाइएको पाइएमा कारबाही स्वरुप दिनभरी नै होल्ड गरिनेछ । सरकारले जनजीवन सहज बनाउनको लागि लकडाउन केही खुकुलो पार्दै जोरबिजोर प्रणालीमा निजी तथा दुई पाङ्ग्रे साधन चल्न दिने निर्णय गरेको छ । file Photo

![स्वास्थ्य राज्य मन्त्री रावत मन्थलीमा : कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि जिल्लामा आप्नाइएको कामको ब्रिफिङ जारी [फोटो फिचर]](https://i0.wp.com/janatavoice.com/wp-content/uploads/2020/06/chalphal-3.jpg?resize=75%2C75&ssl=1)



