Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्त्रालय भन्छ रामेछापका एक जनामा कोरोना पुष्टि, स्वास्थ्य कार्यालय भन्छ हामीलाइ थाहा छैन्, पुष्टि भएको छैन

Milan Ghimire by Milan Ghimire
June 16, 2020
in राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
असार ०२,

रामेछाप । रामेछापका एक जनामा कोरोना पुष्टि भएको छ । मंगलबारको अप्रान्ह् ४ : १५ बजेको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रामेछापका एक जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

जिल्ला अस्पताल रामेछापबाट स्वाब संकलन गरि पठाइएको मध्येबाट एक जनामा कोरोना पुष्टि भएको मन्त्रालयले बतायो तर जिल्ला अस्पताल रामेछापलाइ भने साँझ ७ : ३० बजेसम्म पनि यो खबरको कुनै जानकारी छैन ।

जिल्लामा संक्रमित थपिएको कुनै जनाकारी नभएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जनता भ्वाइसलाइ बताए । पुष्टि भएका ब्यक्ति कुन ठाँउका रहेछन् भनेर जनता भ्वाइसले संक्रमित ब्यक्तिको विवरण माग गर्दा कर्णले भने- आज संक्रमित थपिएको बारेमा हामीलाइ कुनै जानकारी छैन् । मलाइ पनि पटक – पटक फोन आयो तर संक्रमित पुष्टि भएको छैन । यसबारेमा हामीलाइ माथिबाट पनि कुनै जानकारी आएको छैन् । सायद पुरानै संक्रमित हुन सक्छन् दोहोरिएको हुन सक्छ ।

कर्णको भनाइ र स्वास्थ्य मन्त्रालयले दिएको जानकारीले नागरिकहरु अन्यौलमा त पर्नेनै भए यो संगै गम्भिर प्रश्न पनि खडा भएको छ ? या त ! मन्त्रालयले जानकारी झुटो दियो ? किन लुकाई रहेको छ स्वास्थ्य कार्यालय रामेछापले वास्तविक कुरा ?

यदी कोरोना पुष्टि भएका मानिस आम नागरिक भए पनि उनको पहिचान गरि उनको उपचार र तत्काल क्वारेन्टिनमा राख्ने ब्यवस्था गर्नु जरुरी हुन्छ । यसरी सुचना नै नभएको भन्दै कोरोना पुष्टि भएका ब्यक्तिलाइ खुलेआम छोडिदा कोरोनाको जोखिम उच्च हुने भएको छ । File photo

यो पनि पढ्नुहोस् र भिडियो सुनुहोस्
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या
रामेछापमा : क्वारेन्टिनबाट ४५७ जान डिस्चार्ज, ३२५ जनाको स्वाब संकलन

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या

Next Post

रामेछाप आइपुगेका स्वास्थ्य राज्यमन्त्री रावतले कोरोना सम्बन्धी दिए निर्देशन (भिडियो सहित)

Next Post
रामेछाप आइपुगेका स्वास्थ्य राज्यमन्त्री रावतले कोरोना सम्बन्धी दिए निर्देशन (भिडियो सहित)

रामेछाप आइपुगेका स्वास्थ्य राज्यमन्त्री रावतले कोरोना सम्बन्धी दिए निर्देशन (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.