Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप आइपुगेका स्वास्थ्य राज्यमन्त्री रावतले कोरोना सम्बन्धी दिए निर्देशन (भिडियो सहित)

जनता भ्वाइस by जनता भ्वाइस
June 18, 2020
in जनता स्पेसल, टिभि, समाचार
0
रामेछाप आइपुगेका स्वास्थ्य राज्यमन्त्री रावतले कोरोना सम्बन्धी दिए निर्देशन (भिडियो सहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेठ २, जनता भ्वाइस संवाददाता, रामेछाप
नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावत रामेछाप आइपुगेका छन् । आज रामेछाप आइपुगेका रावत कोरोना संक्रमण र रोकथामका विषयमा निर्देशन तथा जिल्ला अनुगमनका क्रममा रामेछाप आइपुगेका हुन् ।
जिल्ला प्रशासन कार्यालयको सभाहलमा जिल्लाका विभिन्न कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुख, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधहरु तथा पत्रकारको उपस्थितिमा रावतले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि निर्देशन दिएका हुन् ।


कार्यक्रमको सुरुमा जिल्लाको वस्तुस्थितिको बारेमा सभालाई जानकारी गराउँदै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले हाल सम्म रामेछाप जिल्ला समुदायस्तरमा कोरोना भाइरसको संक्रमण नरहेकोमा खुशी व्यक्त गरेकी छिन् । जिल्लाका सबै सरोकारवालाहरुले कोरोना भाइरस नियन्त्रण कार्यका लागि आपूmलाई सहयोग गरेकोमा उनले धन्यवाद् दिएकी छिन् ।
यस्तै मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतले पनि आफ्नो नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा संक्रमण फैलिन नदिन निकै सावधानीका साथ काम गरिरहेको बताए । संकट व्यवस्थापनका लागि आफूहरुसँग कोषको व्यवस्था गर्न नसकिएको र आफ्नो पालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसँग कोषको बारेमा कुरा गर्दा बजेट निस्किन नसकेको गुनासो गरे । त्यस्तै मन्त्रालयस्तरबाट कोरोना रोकथाम र व्यवस्थापनका लागि बजेटको व्यववस्थापन गरिदिन माग उनले माग गरेका छन् ।


यस्तै आफ्नो नगरपालिकाको कार्य प्रगतिको बारेमा रामेछाप नगर उपप्रमुख सिर्जना खड्काले समेत ब्रिफिङ गरेकी छिन् । उनले आफ्नो नगरपालिकामा देखिने गरी १ सय बेडको क्वारेन्टिन बनाएको जानकारी गराउँदै आगामी दिनमा सीमित संख्यामा संक्रमितको संख्या बढ्ने हो भने रामेछापलाई खासै अप्ठ्यारो नहुने बताएकी छिन् ।
जिल्लाका २ वटा पालिका, मन्थली र रामेछाप नगरपालिकाका जनप्रतिनिधिको मात्र उपस्थिति रहेको उक्त कार्यक्रममा अन्य राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिको समेत उपस्थिति रहेको थियो । नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेस जिल्ला नेतृत्वको सहभागिता रहेकोमा दुवै दलका प्रमुख तथा प्रतिनिधिहरुले समेत जिल्लाको कोरोना अवस्थाको बारेमा जानकारी गराउँदै नेकपा जिल्ला पार्टी प्रतिनिधि आनन्द श्रेष्ठ र नेपाली काँगेसका सभापति लवश्री न्यौपाने तथा सचिव लेखबहादु्र कार्कीले समेत आफ्नो धारणा राखेका छन् ।


राजनैतिक पार्टीका प्रमुख तथा प्रतिनिधिहरुको ब्रिफिङ पछि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्रकुमार कर्णले जिल्ला स्वास्थ्य कार्यालले प्रवाह गरेको सेवा र कोरोना रोकथामका लागि गरेको प्रयासलाई राज्यमन्त्री रावतलाई प्रष्ट पारेका छन् ।
जिल्ला अस्पताल रामेछापका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रोशन पाख्रिन समेत जिल्ला अस्पतालले गरेका काम तथा आफूहरुलाई हालका दिनमा परेको समस्याका बारेमा समस्यामूलक अवस्थाको सिर्जना भएकोमा आफूहरुलाई समस्या भएको बताए
सबै सहभागी सरोकारवालाहरुको ब्रिफिङ्लाई ध्यानपूर्वक सुनिरहेका स्वास्थ्य राज्यमन्त्री रावतको बोल्ने पालो अन्त्यमा थियो । सबैको कुराकानी सुनिसकेपछि राज्यमन्त्री रावतले सबैको जिज्ञासा, गुनासो तथा निर्देशनलाई लामो समय लिएर सम्बोधन गरे । सम्बोधनमा
बाँकी भिडियोमा…

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मन्त्रालय भन्छ रामेछापका एक जनामा कोरोना पुष्टि, स्वास्थ्य कार्यालय भन्छ हामीलाइ थाहा छैन्, पुष्टि भएको छैन

Next Post

बेलायतमा कोरोना भाइरसको औषधी पत्ता लाग्यो,

Next Post
बेलायतमा कोरोना भाइरसको औषधी पत्ता लाग्यो,

बेलायतमा कोरोना भाइरसको औषधी पत्ता लाग्यो,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.