असार ०६,
रामेछाप । रामेछापको उमा कुण्ड गाउँपालिका आसपासमा नेपाल टेलिकमको टावरमा समस्या हुँदा स्थानियहरु मारमा परेका छन् ।
विगत एकसाता देखी परेको अविरल वर्षाका कारण त्यस क्षेत्रको जनजिवन प्रभावित भएको हो । तीन दिनदेखी नेपाल टेलिकमको इन्टर्नेट तथा फोन सेवा अवरुद् हुदा कोरोना महामारीको विश्वब्यापी आत्ङकाबाट पीडित स्थालियहरुलाइ पीडामाथि पिडा थपिएको हो । गाउँपालिकाको वडा नं २ बाम्तिभण्डारको साविकको वडा नं २ देउरालिमा राखिएको नेपाल टेलिकमको टावरको ब्याकपमा समस्या आउदा ३ दिनदेखी स्थानियहरु सुचनाको पहुचबाट बञ्चित भएका छन् । त्यस क्षेत्रमा ५ दिन देखी बत्ति पनि बलेको छैन् । बत्ति नआउदा ब्याकपको चार्ज पनि सकिएको र सेवा अबरुद् भएको स्थानिय जीवन घतानिले जनता भ्वाइसलाइ जानकारी दिए ।
साथै सो क्षेत्रमा निजी क्षेत्रको सेवा प्रदायक कम्पनी Ncell को टावरमा पनि समस्या आएको छ ।
सो क्षेत्रमा वर्षा याम सुरुभए यता वर्षौदिखी त्यही समस्या दोहोरिने गरेको छ, तर समस्याको निरकरणमा सम्बन्धित निकायले ध्यान भने दिर्गकालिन रुपमा जान सकेको छैन् ।
टेलिफोनले सेवा अबरुद् हुदा छिमेकी जिल्ला ओखलढुङगा, सोलुखुम्बु, दोलखा आसपास्का जिल्लाबासी समेत समस्यामा परेका छन् ।
समस्याको बारेमा गाउँपालिकामा हामीले बुझ्नको लागि सम्पर्क गर्न खोज्दा सम्पर्क भएन ।
यता सदरमुकाम मन्थलीस्थित नेपाल टेलिकमको कार्यालयमा सम्पर्क गर्दा फोन उठेन । file Photo