असार ०५,
रामेछाप । शुक्रबार नेपालमा थप ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा ३३८ जना पुरुष र ८८ जना महिला रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । नयाँ संक्रमित मध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन् ।
योसहित नेपालमा नेपालमा कूल कोरोना संक्रममितको संख्या ८ हजार २७४ पुगेको छ । जसमा महिला ७०७ र ७ हजार ५६७ पुरुष रहेका छन् ।
हालसम्म संक्रमित जिल्ला ७४ पुगेको छ भने कोरोना निको भएर घर फर्किनेको संख्या २१६ पुगेको छ ।
बितेको २४ घण्टामा मात्रै २१६ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा मन्त्रालयले जानकारी दिएको छ। जसमा ९ महिला र २०७ जना पुरुष रहेका छन् । कुल डिस्चार्ज हुनेको संख्या १४ सय २ पुगेको छ ।
हालसम्म कोरोनाबाट २२ जनाको मृत्यु भएको छ ।




