Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मुस्ताङमा पनि भेटिए कोरोना संक्रमित, गण्डकीमा थप ५० जना

Milan Ghimire by Milan Ghimire
June 21, 2020
in समाचार, स्वास्थ्य
0
संघीय संसद अन्तर्गतका ४ सय ४१ जनाको स्वाब संलकन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ७

रामेछाप । हिमालपारिको जिल्ला मुस्ताङमा पनि कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त कार्यालय प्रमुख टीकाराम भण्डारीका अनुसार मुस्ताङको घरपझोङ गाउँपालिका-१ मा रहेको तिब्बतियन क्याम्पमा बस्दै आएका ८३ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको हो ।

गत जेठ ३१ गते काठमाडौंको बौद्धबाट मुस्ताङ पुगेका ती पुरुषको आरडिटी टेस्टमा पोजेटिभ देखिएका कारण असार १ गते जोमसोममा रहेको आइसोलेसन कक्षमा राखिएको थियो ।

त्यस्तै गण्डकी प्रदेशमा फेरि ५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका अनुसार हिजो बेलुका तनहुँ, बागलुङ, नवलपरासी पूर्व र मुस्ताङमा संक्रमित भेटिएका हुन् ।  मन्त्रालयका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार तनहुँको ब्यास नगरपालिकामा २७ र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ ।

जानकारीको लागि

त्यसैगरि बागलुङको गलकोट नगरपालिका, तारा खोला गाउँपालिका र बडिगाड गाउँपालिकामा २९ जना नयाँ संक्रमित भेटिएका छन् । त्यसैगरि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्य विन्दु नगरपालिकामा १८ जना नयाँ संक्रमित भेटिएका छन्। उनीहरु सबैजना सम्बन्धित पालिकाका क्‍वारेन्टाइनमा रहेका शर्माले बताए ।

हिजै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या आठ हजार ६०५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका थिए । हालसम्म मृत्यु हुनेको संख्या २२ रहेको छ ।

त्यस्तै कोरोनामुक्त भइ अस्पतालबाट १८ जना महिलासहित १७६ जना ‘डिस्चार्ज’ भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १ हजार ५ सय ७८ पुगेको छ । जसमा महिला १४१ जना र पुरुष १ हजार ४ सय ३७ जना रहेका उनले जानकारी दिए । file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

झिमरुकमा क्वारेन्टाइनबाट निस्केकाे तीन दिन पछि बालिकाकाे मृत्यु

Next Post

आज सूर्यग्रहण,शास्त्रीय मान्यता अनुसार के गर्ने के नगर्ने, कुन कुन राशिले हेर्नहुन्छ ?

Next Post
आज सूर्यग्रहण,शास्त्रीय मान्यता अनुसार के गर्ने के नगर्ने, कुन कुन राशिले हेर्नहुन्छ ?

आज सूर्यग्रहण,शास्त्रीय मान्यता अनुसार के गर्ने के नगर्ने, कुन कुन राशिले हेर्नहुन्छ ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.