असार ०७
रामेछाप । रामेछापमा शनिबार सम्ममा १३ जनाले कोरोनालाई जितेका छन् । गएको जेठ २३ गते देखिएका १७ जना संक्रमित मध्ये १३ जनाको दोस्रो पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएको र उनिहरुलाई घर पठाइएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जनता भ्वाइसलाइ जनकारी दिए ।उनका अनुसार कोरोना रिपोर्ट नेगेटिभ देखिनेमा गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखुतामाकोशी गाउँपालिकाका २ जना रहेका छन् ।१३ जनाले कोरोनालाई जितेसँगै अब जिल्लामा ९ जना मात्रै कोरोना संक्रमित रहेको उनले बताए । जिल्लामा एकै पटक १७ जनामा कोरोना पुष्टि भएको थियो । शनिबार १ महिलासहित ३ जनामा कोरोना पुष्टि भएको थियो । file Photo