असार ०७,
रामेछाप । आइतबार देशभरी ४ सय २१ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालको नियमित मिडिया ब्रिफिङमा ४ सय २१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवाक्ता डा जागेश्वर गौतमले बताए ।
आज देशभरी ४ सय २१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा महिला ६५ जना र ३ सय ५७ जना पुरुष छन । त्यस्तै थप एक जनाको कोरोना को संक्रमणको कारण मृत्यु भएको पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।
कोरोनाबाट हालसम्म २३ जनाको मृत्यु भएको छ । २३ औं मृतक गुल्मी छत्रकोटका ६९ वर्षीय पुरुष हुन् । उनको गत असार ५ गते मृत्यु भएको थियो । त्यसपछि गरिएको पीसीआर परीक्षणमा पोजेटिभ आएको थियो ।
हालसम्म कोरोना ७५ जिल्लामा फैलिएको छ ।
९४ हजार ९ सय जना क्वारेन्टिनमा रहेका छन् भने ७ हजार २ सय ३१ जना आइसोलेसनमा रहेका छन् ।
पाँच सय पाँच जना रेडजोनमा परेका छन् ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ हजार २६ पुगेको छ । आइतबार कोरोना संक्रमण निको भई १ सय ९४ जना डिस्चार्ज भएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ । file Photo