Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राप्रपा समर्थित महिलाहरुको काठमाडौंमा विरोध प्रदर्शन [फोटोसहित]

जनता भ्वाइस by जनता भ्वाइस
June 24, 2020
in समाचार
0
राप्रपा समर्थित महिलाहरुको काठमाडौंमा विरोध प्रदर्शन [फोटोसहित]
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
असार १०

काठमाडौं । देशमा अलौकिक रुपमा बढिरहेको भ्रष्टाचार, अव्यवस्थित क्वारेन्टाइन लगायतका विरुद्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले विरोध ¥याली तथा कोणसभा सम्पन्न गरेको छ । बबरमहलमा भेला भएका राप्रमसंका नेता, कार्यकर्ताहरुले सामाजिक दुरी कायम गर्दै निकालेको विरोध र्याली नयाँ वानेश्वर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै पूर्व राज्यमन्त्री एवं राप्रमसंकी अध्यक्ष कुन्ति कुमारी शाहीले कोरोना रोकथाम तथा नियन्त्रणमा ध्यान नदिएर सरकार भ्रष्टाचारमा मात्र केन्द्रीत भएको बताउनुभयो । मन्त्रीक्वाटरमा जीमखाना र राष्ट्रपति कार्यालयमा कोमल गलैंचा विछ्याउनुको सट्टा अव्यवस्थित रहेका क्वारेन्टाइनलाई व्यवस्थीत गर्नेतर्फ सरकारले समयमा ध्यान दिएको भए कुनै पनि महिला क्यारेन्टाइनमै बलत्कारको सिकार हुनुपर्ने थिएन भन्दै पूर्व राज्यमन्त्री शाहीले क्वारेन्टाइनमा बसेकाहरुलाई घृणित व्यवहार गरिएकोमा सरकारको विरोध गर्नुभएको थियो ।
सो कोणसभामा राप्रमसंका नेतृहरु मिना सुवेदी, विजयकला राई, ३ नं. प्रदेशसभा सदस्य रिता माझी, कुमारी स्याङतान लगायतले सम्बोधन गर्नुभएको थियो ।

विरोध ¥यालीमा सहभागि महिलाहरुले महिलामैत्री क्वारेन्टाइनको व्यवस्था गर, लकडाउनमा भएको महिला हिंसा वृद्धिको अन्त्य गर, क्वारेन्टाइनमा बलात्कृत भएकी महिलालाई क्ष्तिपूर्तिको व्यवस्था गर, भ्रष्टाचारीलाई कारवाही गर, पिसिआर परिणको दायरा बढाउ, गरिब जनतालाई राहतको व्यवस्था गर, क्वारेन्टाइनमा बसेका महिला तथा बालबालिकालाई पोषणयुक्त खानाको व्यवस्था गर लगायतका नारा लगाउँदै सरकारको विरोध गरेका थिए ।

फोेटो : जनता भ्वाइसंवादाता

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

एकै दिन ६२९ जनामा कोरोना संक्रमण

Next Post

पूर्व तामाकोसी ढुवानी संघको सरकारलाई ज्ञापन–पत्र

Next Post
पूर्व तामाकोसी ढुवानी संघको सरकारलाई ज्ञापन–पत्र

पूर्व तामाकोसी ढुवानी संघको सरकारलाई ज्ञापन–पत्र

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...