असार १०,
रामेछाप । बुधबार देशभरी ६ सय २९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालको नियमित मिडिया ब्रिफ्रिङमा ५ सय ३८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवाक्ता डा जागेश्वर गौतमले बताए ।
जसमा महिला १ सय १० जना र ५ सय २८ जना पुरुष छन । यो आज सम्मकै उच्च संक्रमण भेटिएको हो ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा एक सय १४ जना कोरोना मुक्त भई अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् ।
योसहित उपचारपछि निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २४ रहेको छ ।
हाल ७८ हजार ६ सय ३९ जना क्वारेन्टिनमा रहेका छन् । ८ हजार ३ सय ६६ जना आइसोलेसनमा रहेका छन् । अहिलेसम्म एक लाख ९३ हजार १ सय ९४ वटा पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
यो पनि पढनुहोस्
११ हजार नजिक पुग्यो कोरोना संक्रमितको संख्या : थप ५३८ जनामा पुष्टि