दोरम्बा गाउँपालिका रामेछाप जिल्लामा भएका ८ वटा स्थानीय तहहरुमध्ये दुर्गम नै रहेको अवस्था छ । यो आर्थिक अवस्थामा हाम्रो गाउँपालिकामा हामीले शिक्षक, विद्यार्थी र अभिभावकहरुको भेला जम्मा गरेर अन्तक्र्रिया ग¥यौं । हामी अहिले भौतिक सुविधादेखि लिएर अभिभावक, शिक्षक र विद्यार्थीहरुलाई भेलाजम्मा पारेर तालिम दिने काम गर्यौं । तर यो गाउँपालिकामा रहेका शिक्षक, अभिभावक र विद्यार्थीहरुमा पुराना कुराहरुमै रहेको पायौं । अब हामी शिक्षकहरुलाई नयाँ विषय र सिपमा तालिम दिन्छौं । पुराना शिक्षकहरुलाई भन्दा नयाँ शिक्षक र ऊर्जावान् शिक्षकहरुलाई हामी नेतृत्व लिने अवसर दिन्छौं ।
जसले गर्दा नयाँ व्यक्तिले शिक्षाको मेन स्ट्रिनमा ल्याएर शिक्षाको नयाँ पद्दति, सिप र ट्रेन बुझाउन सक्यौं भने हामी आगामी दिनहरुमा सफल हुने छौं ।
शिक्षा भनेको औपचारिकता होइन । शिक्षा भनेको दक्ष जनशक्ति उत्पादन गर्ने प्रक्रिया हो । अहिले गाउँगाउँमा र घरघरमा हामीले कक्षा ८ का विद्यार्थीहरुलाई मौका परीक्षा दिने पनि सोच बनाएका छौं । यो कुराले आफ्नो नतिजा सुधार गर्न चाहने भाइबहिनीहरुलाई अर्को एकपटक अवसर मिल्ने गर्छ ।
हामी यो कुरा सामाजिक दूरी कामय गरेर, राज्यको नीतिभित्रै रहेर यो काम गर्न सक्छौं । हामी कक्षा सञ्चालन गर्ने होइन, भर्ना गरिदिएर, पाठ्यपुस्तक दिएर, गृहकार्य र परियोजना कार्य दिएर हामी विद्यार्थीहरुलाई इन्गेज गराउने सोच बनाई सोही अनुसार काम गरिरहेका छौं ।
अब अहिले हामीले यो वर्षको बजेटका आधारमा रहेर गाउँ फर्किने युवाहरुलाई हामी कृषि, निर्माण, कुटीर उद्योग र युवाहरुलाई इन्गेज्ड गर्ने बजेट बनाई सोही अनुसारका काममा लगाउने सोच बनाएका छौं । हामीले यसपालीको बजेट हामी युवाहरुलाई क्रियाशील बनाउँदै काम दिने पक्षमा छौं ।
मेरो बुझाइमा राजनीति भनेको सेवा हो । पेसा होइन । म हिजो जनयुद्धबाट आएको व्यक्ति हो । अहिले पनि म जनप्रतिनिधि हो । जनताले मलाई सेवा गर्नका लागि चुनेर पठाएका हुन् ।
मेरो गाउँपालिकामा चाहिँ कोभिड –१९ को मामलामा मानिसहरु धेरै आत्तिएका छन् । हामीले रोगबाट आत्तिएर भाग्ने होइन । रोगलाई परास्त गर्नु पर्छ । हामी पक्कै कोभिडलाई जितेर बाहिर आउँछौं । हामी गाउँलेसँग रोगसँग लड्ने क्षमता रहेको छ । अहिले सञ्चार माध्यमबाट जनतालाई सक्षम बनाउने काम भैरहेको छ । हामीले आत्मबल बढाउनु पर्छ । सो बढाएमा दुनियाँको कुनै पनि शक्तिले हामीलाई परास्त गर्न सक्दैन । यो मेरो बुझाइ हो । मेरो गाउँपालिकाका जनताको पनि बुझाइ हो ।