Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रेमिट्यान्सले मात्रै देशको अर्थव्यवस्था उस्किदैन भन्दै रोजगारी प्रवर्धनलाई विशेष महत्व (भिडियो सहित)

जनता भ्वाइस by जनता भ्वाइस
June 25, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
रेमिट्यान्सले मात्रै देशको अर्थव्यवस्था उस्किदैन भन्दै रोजगारी प्रवर्धनलाई विशेष महत्व (भिडियो सहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप।मन्थली नगरपालिकाले आर्थिक वर्ष २०७७–७८ को वार्षिक नीति तथा कार्यक्रम तथा नगरको वार्षिक बजेट बुधबार सार्वजनिक गरेको छ । कूल १ अर्ब ७ करोड ३९ लाख ७७ हजार ७ सय ३८ रुपैयाँको बजेट आज सार्वजनिक भएको हो । बजेटका विभिन्न शिर्षक र लक्ष्यहरु सहितको आर्थिक वर्ष २०७७–७८ को बजेटलाई मन्थली नगर उपप्रमुख मायाकुमारी कार्की नगरसभामा प्रस्तुत गरेकी हुन् । वर्तमान समयमा कोरोना भाइरस (कोभिड १९) प्रति लक्षित गर्दै संक्रमक रोग र विपद्बाट नगरबासीहरुको जीवन रक्षाको साथै दैनिक जनजीवनलाई सहज र सुरक्षित बनाउँदै लैजाने तथा आर्थिक भौतिक र सामाजिक पूर्वाधारको विकास गरी समुन्नत मन्थली नगरपालिका निर्माण गर्ने विशेष लक्ष्य रहेको कार्कीद्वारा प्रस्तुत बजेटको लक्ष्य रहेको छ ।


नगरप्रमुख रमेशकुमार बस्नेतले नगरको नीति तथा कार्यक्रमलाई सभा समक्ष प्रस्तुत गरेका थिए। आगामी वर्षका लागि जम्मा ९ वटा विशेष शिर्षकका कार्यक्रमहरुमा यस वर्षका लागि १४ वटा कार्यक्रम सहितको समष्टिगत नीतिहरु सार्वजनिक भएका छन् । राजश्वका सम्भाव्य श्रोतहरुको पहिचान गर्नेदेखि कृषि, पशु, उद्योग जस्ता नागरिकहरुका प्रत्यक्ष जीवन सरोकारसँग जोडिने क्षेत्रहरुको समायानुकूल आधुनिकीकरणका विषयहरु समेत समष्टिगत नीतिहरुमा जोडदारसँग उठेका छन् । वर्तमान समयमा नगरले सामना गर्नुपरेको कोरोना भाइरस कोभिड १९ तर्फ लक्षित गर्दै नगरक्षेत्रका स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने बारेको विषयमा पनि समष्टिगत नीतिले प्रष्टसँग बोल्न सकेको छ ।

विद्यालयको भौतिक संरचनामा सुधार तथा आधारभूत तहलाई अनिवार्य र निशुल्क तथा माध्यमिक तहलाई निशुल्क गरी विद्यालयहरुमा गुणस्तरीय शिक्षा आर्जन गराउने व्यवस्थाका लागि पनि समष्टिगत नीतिले आफ्नो अडान विगतको जस्तै कायम राखेको छ । नगरक्षेत्रभिका सडकहरुको स्तरोन्नति र कालोपत्रे गर्ने कार्यलाई निरन्तरता दिँदै बाह्रै महिना सवारी संचालन गर्ने बारेमा समष्टिगत नीतिमा जोड दिँदै नगरभित्र न्यायिक समितिको कामलाई थप प्रभावकारी बनाउने बारेको लक्ष्य पनि सोही नीतिमा जोड दिइएको छ ।


नगरप्रमुख बस्नेतले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दैगर्दा चालु आर्थिक वर्ष सहित आफूहरुले हालसम्म गरेका मुख्यमुख्य कार्यको समेत चर्चा गरेका थिए । आफूले चालु तथा विगतका दिनमा गरेका कार्यसँगसँगै आगमी दिनमा गर्ने अन्य विषयगत नीतिहरुलाई पनि बस्नेतले सार्वजनिक गरेका छन् । बस्नेतले प्रस्तुत गरेको विषयक्षेत्रगत नीतिहरुमा स्थानीय राजश्व संकलन तथा परिचालनका लागि समेत आफ्ना नीतिहरु बस्नेतले सार्वजनिक गरेका छन् । नगरको आगमी आर्थिक वर्षको लागि आर्थिक विकास नीति अन्र्तगत कृषि, पशुसेवा र सहकारीका ३ वटा विषयहरु यस वर्षको नीतिमा समेत समेटिएका छन् ।


उद्योग वाणिज्य तथा वित्तिय क्षेत्रको क्षेत्रगत नीति अन्र्तगत लघु तथा घरेलु उद्योग स्थापनाका लागि उद्यमीहरुलाई सरल ढंगबाट सहुलियतदरमा कर्जा उपलब्ध गराउन निजी स्तरका वित्तिय क्षेत्र र सहकारीहरुसँग समन्वय गर्दै औद्योगित वस्तुहरुको प्रवर्धनका लागि औद्योगिक मेला तथा प्रदर्शनीहरु आयोजना गरिने बारेमा पनि नीति तथा कार्यक्रम दृढ रहेको देखिएको छ ।
रेमिट्यान्स बाट मात्रै देशको अर्थव्यवस्थालाई भर पर्न नहुने बारे सर्तक हुँदै आगमी आर्थिक वर्षको कार्यक्रममा रोजगारी प्रवर्धनको नीतिलाई मन्थली नगरपालिकाले विशेष महत्वका साथ उठाएको छ ।

विदेशबाट श्रम, सीप र सम्पत्ति लिएर फर्केका युवाहरुलाई लक्षित गर्दै उनीहरुबाट प्राप्त जुनसुकै श्रोतलाई पनि परिचालन गरी उत्पादनमूलक व्यवसाय गर्न प्रोत्साहित गर्ने र विभिन्न कारणले मनोसामाजिक समस्यामा परेका व्यक्तिहरुलाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने बारेमा समेत कार्यक्रम लक्षित रहेको छ भने पर्यटन र भूव्यवस्थाका विषयमा पनि नगरपालिकाले आफ्नो स्पष्ट नीति सार्वजनिक गरेको छ ।


सामाजिक विकास नीति अन्तर्गतका ६ वटा उपयोजनाहरु सार्वजनिक भएका छन् । शिक्षा तथा संस्कृति, खेलकुद, स्वास्थ्य, (महिला दलित, जनजाति, जेष्ठनागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति) सहित समेटिएको लक्षित वर्ग, खानेपानी तथा सरसफाई र पञ्जिीकरण तथा सामाजिक सुरक्षा आदिका विषयहरुलाई प्रमुखतामा उठाउँदै छुवाछुत मुक्त नगरपालिका बनाउँदै बालमैत्री कार्यक्रमहरु सार्वजनिक गरिने भन्ने विषयमा पनि वार्षिक कार्यक्रमले सम्बोधन गरेको छ ।


‘ठूला पूर्वाधार, समृद्ध नगरको आधार’ भन्ने मूल नारा बोकेर प्रस्तुत भएको यस वर्षको नीति तथा कार्यक्रममा विभिन्न १२ वटा योजनाहरु सार्वजनिक भएका छन् । ठूला पूर्वाधार भनेर अझै पनि नगरपालिकाले सडक निर्माण, व्यवस्थापन र स्तरोन्नतिलाई नै बेसी जोड दिएको छ । नगरपालिका केन्द्रदेखि वडावडासम्म पुग्ने सडकहरुलाई कालोपत्रे, स्तरोन्नति तथा मर्मत संभारका लागि मन्थली नगरपालिकाको चिन्ता आज पनि ज्यूँकात्यूँ छ, जो अघिल्ला वर्षहरुका नीति तथा कार्यक्रमहरुमा प्रस्तुत भएकै थिए ।


वातावरण तथा विपद् व्यवस्थापनका लागि विभिन्न ७ वटा योजनाहरु नगरपालिकाले सार्वजनिक गरेसँगै नगरक्षेत्रमा हुने सम्भावित विपद्का बेला नगरबाट वडा केन्द्रसम्म जोड्ने सडकहरुलाई जुनसुकै अवस्थामा पनि तत्काल संचालन गर्ने बारे नगर सजग रहेको देखिएको छ । सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास तर्फ नगरपालिकाले विशेष महत्वकाँक्षी योजना बनाएको देखिन्छ ।

कर्मचारी समायोजन भएपछि नगरको जनशक्ति व्यवस्थापनका लागि नगरपालिकाले प्रदान गर्ने सेवाको प्रकृति र उक्तसेवा संचालन गर्न आवश्यक पर्ने दरबन्दी एवम् नगरपालिकाको स्रोत, साधन र औचित्यताको आधारमा कर्मचारी संगठन तालिम निर्माणका लागि संगठन व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) गरिने जस्ता योजनाहरु केही महत्वकाँक्षी रहेका छन् । नगरपालिका र नगरप्रमुखले मात्रै चाहेर कर्मचारीहरुको क्षमता विकास नहुने तथा कर्मचारीहरुको मनोवलमा नै मनैदेखि परिवर्तन आउनु पर्ने आजको अवस्थामा नगरप्रमुखको यस किसिमको योजना केही महत्वाकाँक्षी रहेको विश्लेषकहरुको बुझाई रहेको ।


नगरसभामा प्रमुख बस्नेतद्वारा सार्वजनिक गरिएको सातौं बुँदामा समेटिएको योजना तथा अनुगमन नीति अझ महत्वाकाँक्षी रहेको छ । विकासका नाममा योजनाहरु भटाभट स्वीकृति गराउने तथा स्थलगत रुपमा भन्दा बेसी कागजी प्रक्रियामा अनुगमन भई सम्पन्न भएका योजनाहरुको रकम निकासा हुँदा नागरिकहरुले खेपेका हैरानीलाई यस वर्षको नीति तथा कार्यक्रमहरुले बाउले राखेकै समाहाबाट छोराले पानी खसाले जस्तै देखिएको छ ।

योजनाहरुका लागि कार्यक्रमहरुको निर्माण, बजेट सिलिङ, आयोजना छनोट, प्राथमिकीकरणका विषयमा सहजीकरण गर्न वडा तहमा पूर्व योजना तर्जुमा गर्न गोष्टीहरु आयोजना गर्ने विषय नगरप्रमुको नीति तथा कार्यक्रममा उल्लेख भए पनि हिजोकै शैली मनोमानी योजनाको विविधिकरण हुने यस वर्ष पनि पक्का छ । विशेष गरी सडकमा मात्रै काम भएको देखिने र वडा अध्यक्षहरु समेत सोही कार्यका लागि मरिमेट्ने अचम्मको प्रणालीलाई स्वयं वडाध्यक्षहरुले कस्तो अनुगमन गर्लान् भनेर मज्जैले अनुमान गर्न सकिन्छ ।


नगरक्षेत्रभित्रका १४ वटै वडाहरुभित्र रहेका मेलमिलापकर्ताहरुको क्षमता विकासमा योगदान पुर्याउनुका साथै मेलमिलाप केन्द्रलाई सहयोग उपलब्ध गराउने विषय समेत यस वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
समन्वय तथा साझेदारी नीति अन्र्तगत आफूले अगाडि सारेका आगामी वर्षका नीति तथा कार्यक्रमहरु संघीय तथा प्रदेश स्तरीय कार्यलय, अन्य स्थानीय तहहरु, संघसंस्था नागरिक समाजसँग आवश्यक समन्वय गरी प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याइने तथा दोहोरोपना हटाइने योजनागत दृढता समेत यस वर्ष प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा उल्लेख भएको छ ।


यसरी प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई मन्थली नगरपालिकाले आगमी वर्षको कार्यसम्पादनमा कसरी लैजान्छ भनेर मन्थली नगरबासीहरुले नियालीरहन्छन् भन्ने विषयमा पनि नगरप्रमुख, मन्थली नगर कार्यपालिका र समग्र मन्थली नगरपालिकाले बिर्सनु हुँदैन । कागजमा मात्रै नभई व्यवहारतः योजनाहरु जनस्तरमा पुग्न सक्नु नै मन्थली नगरपालिकाको लागि अग्नीपरीक्षा हुनेछ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

‘शिक्षालाई मेन स्ट्रिममा लैजान युद्धस्तरमा काम गर्छु’-पालिका प्रमुख तामाङ(भिडियो सहित)

Next Post

दोरम्बा गाउँपालिका : यस्तो छ आगामी नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

Next Post
गाउँपालिकाले गर्ने गराउने कार्यक्रममा पेश्की दिने कार्य पूर्ण रुपमा  बन्देज (भिडियो सहित)

दोरम्बा गाउँपालिका : यस्तो छ आगामी नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.