असार १३,सम्झना श्रेष्ठ
सिन्धुलीमाढि । सिन्धुलीमा गत बिहिवार निधन भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बिहिवार दिउँसो अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि भर्ना भएकी ती महिलाको बिहिवार राती नै मृत्यु भएको थियो ।
महोत्तरीको बर्दिवास–३ घर भएकी २१ वर्षीया महिला गत १० दिनअघि मात्रै सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ माइती घरमा आएकी थिइन् । उनमा अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको तथा शरीरमा हेमोग्लोविनको मात्रा पनि कम रहेको सिन्धुली अस्पतालले जनाएको थियो ।
कोरोनाको आशंका गरि शुक्रबार बिहान स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । उनको रिपोर्ट नेगेटिभ आएको सिन्धुली अस्पतालले जनाएको छ । file Photo