असार १३
रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकामा अन्तराष्ट्रिय स्तरको रंगशाला बन्ने भएको छ । खेल क्षेत्रको विकासको लागि पालिकाको वडा नं २ मा दोरम्बा सहिद स्मृति रंगशाला निर्माण हुनेभएको हो । रंगशालाभित्र कर्भड हल, फुटबल, भलिबल सहितको पार्क निर्माण हुने बताएको छ । रंगशाला निर्माण गर्नको लागि बागमती प्रदेश सरकार र संघीय सरकारसँग बजेटको लागि पहल गर्ने भएको छ ।
पार्क सहितको रंगशाला निर्माण गर्नको लागि करिब ५४ करोड बजेट लाग्ने अनुमान गरिएको छ । त्यसको लागि गाउँपालिकाले ८ लाख खर्चमा डिपिआर तयार पारेको हो । जसको ९० मिटर लम्बाई र ४५ मिटर चौडाई रहने छ ।
रंगशालाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भैसकेको छ । यो रंगशाला निर्माण भए जिल्लाकै पहिलो अन्तराष्ट्रिय रंगशाला बन्ने वडा नं २ का अध्यक्ष खड्गबहादुर श्रेष्ठ दाबी गर्छन् ।
गाउँपालिका प्रमुख कमानसिंह मोक्तानले रंगशाला निर्माणको विषयमा जनता भ्वाइससंग कुरा गर्दै खेल क्षेत्रको विकासको लागि रंगशाला निर्माण गर्न लागेको बताउछन् । उनले संघ, प्रदेशसंगको समन्वयमा जुन्सुकै हालतमा पनि रंगशाला बन्ने जिकिर गरे । त्यसको लागि माथिल्लो निकाएमा समन्वयको काम सुरु गरेको जानकारी दिए । fil photo
साभार भिडियो हेर्न याँहा किलिक गर्नुस्