असार १४
काठमाण्डौं । नेपालमा सुनको भाउ असिले सम्मकै महंगो भएको छ । कोरोना भाइसरको महामारीको कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनको मूल्य स्थानीय बजारमा आइतबार अप्रत्याशित रुपमा बढेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ पुगेको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार ८ सय ६० निर्धारण गरिएको छ । यसअघि गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो हप्ताको तुलनामा चाँदीको मूल्यमा पाँच रुपैयाँले वृद्धि भएको छ । एक तोला चाँदीको मूल्य ९ सय ४५ रुपैयाँ तोकिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न लकडाउन लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार चार सयले बढेर ८७ हजार रुपैयाँ पुगेको थियो । file Photo





