असार १४
काठमाण्डौं । गत शनिबार बारा जिल्लाबाट नेपाल प्रवेश गरेको सलह किरा नेपालमा करिब एक महिनासम्म रहन सक्ने विज्ञहरुले प्रक्षेपण गरेका छन् ।
वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको सो किरा नेपालमा बढीमा एक महिनासम्म रहन सक्ने प्रक्षेपण विज्ञहरुको छ । वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह एक महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्व महानिर्देशक डाक्टर डिल्लीराम शर्माबताए ।
यो पनि पढ्नुहोस्
रामेछाप आइपुग्यो सलह किरा
सलह किरा भित्रियो नेपालमा
सोमबारसम्म हावाको गति परिवर्तन भएमा दाङ, बाँकेसम्म पुग्न सक्ने सम्भावना रहेको उनले बताए । आठ/दश करोडको समूहमा आएर बाली सखाप पार्ने प्रजातिको यो किरा नेपालमा दुई/चार लाखको समूहमा मात्रै आएकोले नियन्त्रण गर्न सकिने दाबी समेत गरे । अहिले डराउनै पर्ने अवस्था नभएको उल्लेख गर्दै उनले सरकारले विषादी प्रयोग गरेर र किसानहरुले धुँवा लगाउने, ड्रम बजाएर यसलाई नियन्त्रण गर्न सकिने अवस्था सुझाव दिए । file Photo