असार १५, जनता भ्वाइस सम्वाददाता, रामेछाप
ललितपुर । नेपालमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । आज बिहान ललितपुरमा २९ वर्षीय पुरुषको कोरोना सङ्क्रमित एक युवकको ज्यान गएको हो । उनी रौतहट घर भएका ती पुरुषलाई निमोनिया भएको र उपचारको लागि केही दिनअघि मात्रै स्टार अस्पताल पुगेको अस्पताल स्रोतले जनाएको छ ।
कोरोना परीक्षणको क्रममा ती युवकमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो ।
योसँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको २९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी नै छ । file Photo