Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भाषाको भासमा देश : लवजमा डुब्दै छ परिवेश !

जनता भ्वाइस by जनता भ्वाइस
June 29, 2020
in विचार
0
भाषाको भासमा देश : लवजमा डुब्दै छ परिवेश !
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

हामी भ्रमणका सिलसिलामा विदेशी भूमिमा रहँदा कसैले यसो पछाडिबाट कोट्याएर ‘तपाईंको देश कुन हो ? के तपाईं नेपाली हो ?’ भनेर हामीलाई सोध्यो भने त्यो बेला हाम्रो मनमा हुने खुसीको वर्णन भाषामा गरेर पक्कै पनि सकिँदैन ।
गज्जबको कुरो के छ भने संसारको कुनै पनि मानिसलाई उसको अनुहार, रङ, भाषा, संस्कृति र वेशवुषाले चिनाएको हुन्छ । तपाईं अमेरिका जानुस् या अजरबैजान तपाईंले बोल्ने नेपाली भाषाले त्यो विदेशी भूमिमा रहेका अचिनारू नेपालीलाई स्वतः प्रभाव पार्दछ । त्यसबेला तपाईंहरू अनायासै नजिकिनु हुन्छ जसमा जोड्ने काम भाषाले गरेको हुन्छ ।
भाषा मानिसको पहिलो पहिचान हो । भाषाको जानकारी नै मानिसको सम्पत्ति पनि हो । हो, भाषामा अपनत्व लुकेको हुन्छ । भाषाले नै हामी कसैलाई वरचक्री र कसैलाई परचक्रीको व्यवहार गर्ने गर्दछौं । यो त भयो नेपाली भाषाको भावनात्मक कुरा । अब नेपाली भाषाकै अहिलेको बेहाल अवस्थाको कुरा गरौं । कतिपय सवालमा हामीले नेपाली भाषालाई कसरी लिएका छौं भन्ने सवालले पनि हाम्रो नेपालीको अवस्थालाई प्रष्ट पार्दछ ।


नेपाली भाषा नेपालको राष्ट्रिय काम काजको भाषा हो । कहिलेकाहीँ विदेशी राष्ट्र या दातृ निकायसँग भने अन्तर्राष्ट्रिय भाषामध्ये चल्तीको मानिने अङ्ग्रेजीमा सन्धि, समझदारी र सम्झौता गर्ने गरिन्छ । नेपालको परराष्ट्र मन्त्रालयले विदेशी कूटनीतिक नियोग र विदेशी मित्र राष्ट्रहरूसँग कुनै पनि औपचारिक काम÷व्यवहार गर्दा अङ्ग्रेजी भाषाकै प्रयोग गर्ने गर्दछ । यो त भयो विशेष अवस्थाको कुरा । नत्र नेपाल सरहदभित्र विभिन्न औपचारिक काम र कारबाहीका सिलसिलामा भने नेपाली भाषा नै प्रयोग हुन्छ । त्यसैले नेपाली भाषालाई राष्ट्रिय सम्पर्कको भाषा र राष्ट्रिय कामकाजको भाषा भनिएको हो । अर्थात् सजिलोका लागि भन्ने हो भने नेपाली भाषा नेपालको ‘राष्ट्रभाषा’ नै हो ।
नेपालको संविधान–२०७२ ले नेपाल सरहदभित्र बोलिने सबै भाषाहरूलाई ‘राष्ट्रभाषा’ भनी नामकरण गरेको छ । यो ती सबै भाषाहरूप्रतिको सम्मान हो । तर यो अवस्था २०७२ भन्दा अघिका संविधानमा भने थिएन ।

पेशल आचार्य, लेखक

२०६३ को नेपालको अन्तरिम संविधान र २०४७ सालको संविधानमा समेत नेपाली भाषालाई ‘राष्ट्रभाषा’ र नेपालका विभिन्न भूभागमा छरिएर तमाम अन्य भाषालाई ‘राष्ट्रिय भाषा’ भनिन्थ्यो । अहिले नेपाल भित्रका र चलनचल्तीमा रहेका जिउँदा सबै भाषालाई ‘राष्ट्रभाषा’ भनेर समान व्यवहार गरिएको छ । यो अत्यन्त खुसीको कुरा हो । कम्तिमा देशले कुनै पनि भाषालाई काखा र पाखाको नीति अवलम्बन त गरेको छैन । यसो भनेर व्यवहारमा सबै भाषाको अवस्था उस्तै छ भनेर भन्न सकिने स्थितिचाहिँ अहिलेसम्म छैन । भाषाका केही कुरा अझै मिलाउनु पर्ने छ ।
सबै भाषालाई देशबाट संविधानतः समान व्यवहार गरिए पनि नेपाली भाषाको पहूँच, क्षेत्र, प्रभाव, कार्य, वक्ता र विस्तारका दृष्टिले नेपालका अन्य भाषाहरूका तुलनामा नेपाली भाषा नै अग्रपंक्तिमै आउँदछ । भाषाका सन्दर्भमा क्षेत्र, वक्ता र प्रभावकारिताका हिसाबले संसारका कुनै पनि भाषालाई धनी वा गरिब भाषा भनेर भनिन्छ । यो नेपालका भाषामा पनि स्वतः लागू हुन्छ ।


यस सन्दर्भमा एउटा कुरा सेयर गर्न मन लाग्यो । अङ्ग्रेजी भाषा संसारकै धनी, सबैभन्दा बढी शब्द उत्पादन गर्न सक्ने उत्पादनशील भाषा, संसारमै बढी मानिसले बोल्ने सम्पर्क भाषा र विज्ञान प्रविधिको समेत भाषा भएकाले यसको समकक्षमा संसारका कुनै पनि भाषाहरू आउन सकेका छैनन् । तर संसारमा सबैभन्दा बढी मानिसले बोल्ने भाषाचाहिँ चाइनिज भाषा हो । यो जनसंख्याका हिसाबले भएको हो । संयुक्त राष्ट्र संघले अङ्ग्रेजी, चाइनिज, रसियन, फ्रेन्च र स्पेनिसजस्ता पाँच भाषाहरूलाई संघको कामकाजको भाषाका रुपमा मान्यता दिएको छ । यस मानेमा यी पाँच भाषाहरू नै अन्तर्राष्ट्रिय भाषाका रुपमा चिनिएका छन् ।
कुरोको चुरो अहिले यतिखेर भने नेपाली भाषाको हो । तसर्थ नेपाली भाषाकै बारेमा केही कुरा राख्न चाहन्छु ।


नेपाली भाषा नेपालभित्र मात्र नबोलिएर संसारमा जहाँजहाँ नेपाली भाषाका वक्ताहरू छरिएर रहेका छन् तीती स्थानहरूमा यो भाषा बोलिन्छ । अहिले वर्षेनी नेपालबाट काम र मामको खोजीमा नेपालीहरू विदेशका कुना कुनासम्म पुग्ने गरेकाले नेपालीहरूसँगै नेपाली भाषा पनि क्रमशः फैलिँदो अवस्थामा रहेको छ । यसरी हेर्दा यसरी हेर्दा वैदेशिक रोजगारी र अन्य विभिन्न सिलसिलमा संसारको जुन भूगोलमा नेपालीहरू पुगेका छन् त्यो भूगोलमा नेपाली जन जीब्रोमा नेपाली भाषा खुसीसाथ बाँचेको छ । यो हामी नेपाली भाषीका लागि अत्यन्त महत्वपूर्ण कुरा हो ।
यसका अलावा नेपाली भाषा भारतमा बसोबास गर्ने भारतीय नेपालीले समेत कतिपय अवस्थामा मातृभाषाका रुपमा र कतिपय अवस्थामा कार्यालयीय कामकाज र औपचारिक रुपमा बोल्ने÷लेख्ने भाषा समेत हो । पूर्वोत्तर भारतका दार्जिलिङ, सिक्किम, कालिम्पोङ, असाम, मिजोरम र भुटानमा समेत नेपाली भाषाको विस्तार भएको छ । अझ त्यहाँका नेपालीहरूले बोल्ने लवजमा नेपाली भाषाको पूर्वेली भाषा सक्रिय भएकाले अनौठो प्रकारको मिठास पनि पाइन्छ ।

यी बाहेक उगेन छोपेन, शम्भु प्रधान, किशोर सुब्बा र अन्य नेपाली निर्देशकहरूले पनि उताको भाषिकालाई सिनेमामा प्रशस्त स्थान दिएका छन् । यो नेपालतिर र उता भारततिर दुवै बसोबास गर्ने नेपाली भाषीका लागि खुसीको कुरा हो ।


मेचीवारि र मेचीपारिकै लवजमा पनि धेरै फरक सुनिने गरिएको छ । मेची पूर्वका केही टिपिकल शब्दहरू तुलसी घिमिरेले निर्माण गरेका नेपाली फिल्महरू दर्पण छायाँ, लाहुरे, दक्षिणा र चिनोजस्ता सिनेमामा प्रस्तुत भएका छन् । मेची पूर्वको नेपाली भाषा र लवजलाई एकप्रकारले निर्देशक तुलसी घिमिरेले आफ्ना सिनेमाहरूमा संरक्षण गरेर राम्रो काम गरेका छन् । उनी चल्तीका निर्देशक भएकाले यहाँ सम्मान स्वरुप नामोच्चारण गरिएको हो । यी बाहेक उगेन छोपेन, शम्भु प्रधान, किशोर सुब्बा र अन्य नेपाली निर्देशकहरूले पनि उताको भाषिकालाई सिनेमामा प्रशस्त स्थान दिएका छन् । यो नेपालतिर र उता भारततिर दुवै बसोबास गर्ने नेपाली भाषीका लागि खुसीको कुरा हो ।


तर अहिले उठाउन खोजिएको कुरा अलग हो । अहिले नेपालभित्र बोलिने नेपाली भाषामा बग्रेल्ती मात्रामा अङ्ग्रेजी, हिन्दी, उर्दू र अन्य भाषाका शब्दहरूको बेहिसाबसँग प्रयोग गर्ने गरिएको पाइन्छ । अहिले पढेलेखेका, अर्धशिक्षित र अशिक्षित नेपालीहरू पनि आफ्नो लवजमा जबर्जस्त अङ्ग्रेजी भाषाका शब्दहरू घुसाएर बोल्दा आफूलाई अन्य मानिसका तुलनामा राम्रो मान्दछन् । नेपाली हुनुका नाताले त्यो राम्रो कुरा होइन ।
केही शब्दहरूलाई तुलना गरेको छु । हेरौ ल ः मट्टीतेललाई ‘केरोसिन’ भन्नु पर्नेमा अशिक्षितहरूका जीब्राले ‘किरासन’ भन्छ । सलाईलाई ‘म्याचिस’ भन्नु पर्नेमा ‘मचिस’ भन्छ । एउटा भाषा अनुवादकले एकपटक २०३५ सालतिरको गोरखापत्र दैनिकमा लेख लेखेका थिए ।

सामाजिकलाई सजिलै ‘सोसोलजी’ भन्नु हुन्छ । गणितलाई ‘म्याथ’, अङ्ग्रेजीलाई ‘इङ्लिस्’, विज्ञानलाई ‘साइन्स’, नैतिकलाई ‘मोरल’, राजनीति शास्त्रलाई ‘पोलिटिकल साइन्स’ र इतिहासलाई ‘हिस्ट्री’ भनेर हुर्मत लिएको पाइन्छ ।

नेपालकै एकजना जानेमानेका लेखकले अङ्ग्रेजीको ‘सर हेनरी टर्नर, ड्युक अफ लण्डन’ लाई नेपाली भाषामा उल्था (अनुवाद) गर्न नआएर ‘शरण हरि टण्डन, डुकु लण्ठङ्’ भनी अनुवाद भएको थियो भनेर ऊ बेलाँमा पत्रिकामा छापिएको थियो । कस्तो लाजमर्दो ? हामी हाम्रो बुज्रुक्याइँ छा्ँटनकै लागि पनि सकी नकसी ठसठस कन्दै भएनि अङ्ग्रेजी भाषालाई घुसाउन खोज्छौं ।
उहिले यसका विरुद्धमा सम्वत् २०१७ सालतिर डा.तारानाथ शर्माहरूले बनारसमा पढ्न बस्दा ‘झर्रो नेपाली भाषा अभियान’ चलाएका थिए । त्यसबेला उनीहरूले ‘नौलो पाइलो’ भन्ने पत्रिका निकालेर ठेट नेपाली भाषाका मात्र शब्दहरू प्रयोग गर्दथे । अहिले पनि केही लेखकहरू सोही बाटो पच्छ्याइरहेका छन् । यो भाषाका हकमा खुसीको कुरो हो ।
विद्यालय र महाविद्यालयहरूमा पढाउने गुरुबा र गुरुआमाहरू पनि नेपाली भाषाको हुर्मत लिनमा अगाडि नै हुनुहुन्छ । सामाजिकलाई सजिलै ‘सोसोलजी’ भन्नु हुन्छ । गणितलाई ‘म्याथ’, अङ्ग्रेजीलाई ‘इङ्लिस्’, विज्ञानलाई ‘साइन्स’, नैतिकलाई ‘मोरल’, राजनीति शास्त्रलाई ‘पोलिटिकल साइन्स’ र इतिहासलाई ‘हिस्ट्री’ भनेर हुर्मत लिएको पाइन्छ ।


नेपाली भाषाको मात्र यस्तो हरिविजोग भएको हो नत्र हिन्दी भाषाका सवालमा भने त्यसो हुँदैन । हिन्दी भाषीहरूले मोबाइललाई ‘चलभाष’ वा ‘गतिभाष’, लेण्डफोनलाई ‘दूरभाष’, चुरोटलाई ‘धूम्रदण्डिका’, रेललाई ‘लौह पथ गामिनी’ र घरलाई ‘गृह÷आवास’ भनी बोल्ने गर्दछन् । रमाइलो कुरा त के छ भने हिन्दी भाषीले रेल, हावा, घर, बसजस्ता वस्तुलाई स्त्री लिङ्गी व्यवहार गर्ने गरेका छन् ।
भाषा नै पिच्छेका विविध विशेषताहरू हुने गर्दछन् । भाषा सामाजिक सम्पत्ति हो । यसको जगेर्ना समाजका सबै सदस्यहरू मिलेर गर्नु पर्दछ । अहिले नेपाली भाषा प्रयोगका सन्दर्भमा फेसबुक, म्यासेन्जर, टुइटर, युट्ब र अनलाइन पत्रिकाहरूले प्रायः भाषा हेर्न र विज्ञ मानिसको सल्लाह नै नगरी आफूखुसी भाषा प्रयोग गर्नाले सञ्चारको क्षेत्रमा भाषिक दुर्गति भएको हो । यसले गर्दा नेपाली भाषा भासिक दलदलमा भासिँदैछ । लवजका हकमा सिद्धिँदैछ तैपनि हामी भने तीन न तेह्रका तर्क निकालेर मख्ख पर्दैछौं । यो भाषिक दृष्टिले ओरालो लागेको स्थिति हो ।

अहिले प्रत्येक मानिस फोटोग्राफर र आफैँ संवाददाता भएको यो फेसबुके जमानामा भाषा प्रतिको असचेत प्रयोगले मानिसलाई मात्र नभएर सोबाट सेवा लिने जोकोही र भाषा प्रयोगकर्ता सबैलाई सर्म लागेर आउने स्थिति छ ।


यसैगरी नेपालमा नयाँ संविधान अनुसार राज्यको पुनर्संरचना हुँदा स्थापित ७५३ वटा स्थानीय निकाय (जसमा गाउँपालिका, नगरपालिका, उप महानगरपालिका र महा नगरपालिका), ७ वटा प्रदेश र एउटा संघीय राज्यले राष्ट्रिय कामकाजका सिलसिलामा प्रयोग गर्ने नेपाली भाषाको अवस्थालाई हेर्दा कुरीकुरी लागेर आउँछ ।
भाषा बचाऊ आन्दोलन र नेपाली भाषा संघर्ष समितिको आन्दोलनबाट स्वीकृत भएका वर्णविन्यास, ह्रस्वदीर्घ नियम, पदयोग÷पदवियोग, चिन्ह परिचय र अन्य सन्दर्भमा पुरानो वर्ण विन्यास र नयाँ वर्ण विन्यासको आधा आधाजसो नियम र सूत्र स्वीकृत भएको अवस्थामा पनि खासगरी संघीय कार्यालयबाट प्रयोग भएका चिठीपत्रबाहेक प्रदेश र स्थानीय तहले प्रयोग गर्ने चिठीपत्रको औपचारिक भाषा कहिले त ‘हग्नेलाई भन्दा देख्नेलाई लाज’ भनेजस्तो पारामा लेखिएका वा छापिएका हुन्छन् ।


अहिले प्रत्येक मानिस फोटोग्राफर र आफैँ संवाददाता भएको यो फेसबुके जमानामा भाषा प्रतिको असचेत प्रयोगले मानिसलाई मात्र नभएर सोबाट सेवा लिने जोकोही र भाषा प्रयोगकर्ता सबैलाई सर्म लागेर आउने स्थिति छ । यो स्थितिको अन्त्यका लागि कम्तिमा पनि एउटा स्थानीय तहले एकजना वा दुई वा दुईभन्दा बढी स्थानीय तहले एकजना नेपाली भाषामा विज्ञता हासिल गरेका व्यक्तिलाई भाषिक सल्लाहकार वा विज्ञमा नियुक्ति गरी काम गर्ने अवसर दिने हो भने नेपाली भाषा पढेर काम नपाएका बेरोजगार जनशक्तिको त उद्धार नै हुन्थ्यो साथै तत्तत् स्थानीय तहको भाषा प्रयोगमा पनि शुद्धता आउने थियो ।
अहिलेलाई उठाउन खोजिएको विषय भाषाको गलत प्रयोग हो । यसमा सम्बन्धित सबै जिम्मेवार जनप्रतिनिधिको ध्यान जानु आवश्यक छ । यो ढिलो पनि भैसकेको छ ।

अहिलेलाई उठाउन खोजिएको विषय भाषाको गलत प्रयोग हो । यसमा सम्बन्धित सबै जिम्मेवार जनप्रतिनिधिको ध्यान जानु आवश्यक छ । यो ढिलो पनि भैसकेको छ ।


Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

Expert projection of locust outbreak in Nepal can last up to 1 month: urges don’t panic

Next Post

ललितपुरमा एक जना कोरोना सङ्क्रमितको मृत्यु : २९ पुग्यो संख्या

Next Post
बाँकेमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु : मृत्कको संख्या २०

ललितपुरमा एक जना कोरोना सङ्क्रमितको मृत्यु : २९ पुग्यो संख्या

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...