असार १५,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियमन गर्नै पर्छ भन्ने नरहेको बताएका छन् । सोमवार नेपाल उद्योग वाणिज्य महासंघको १७ औं वार्षिक साधारण सभाको भर्चुअल रुपमा गरिएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । निजी क्षेत्रलाई नियमन गर्ने निकायहरु थुप्रै भएको उल्लेख गर्दै ओलीले अख्तियार आवश्यक नभएको तर्क गरे ।
सरकारले निजी क्षेत्रका व्यक्तिहरुलाई पनि भ्रष्टाचारको मुद्दामा अनुसन्धान गर्न पाउने प्रस्ताव गरि अख्तियार दुरुपयोग अनुसन्धन आयोग ऐनको संशोधन प्रक्रिया अगाडि बढाएको छ, जुन अहिले राष्ट्रिय सभामा बिचाधिन अवस्थामा छ । त्यसपछि निजी क्षेत्रहरुले उक्त व्यवस्था हटाउन माग राख्दै आएका छन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस कुमार मोरले उक्त व्यवस्था हटाउन प्रधानमन्त्रीसमक्ष माग गरे । त्यसको प्रतिउत्तर दिदै प्रधानमन्त्री ओलीले यस्तो बताए । उनले भने ‘मैले तपाईरुलाई यस अघि भेटमा पनि अख्तियार विधेयक अगाडि बढ्दै भनेर भनि सकेको छु, निजी क्षेत्रलाई नियमन गर्ने अन्य निकाय हुदाँहुँदै अख्तियारको आवश्यक हुँदैन, यसमा सरकारले पुनर्विचार गर्छ ।’ फोटो सुर्य थापाबाट