Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रधानमन्त्रीबाट हटाउन लागे भनेर रुवाबासी गर्ने, छिमेकीलाइ दोषदिने हैन, बिदादिए लिनुस् – प्रवक्ता शर्मा

Milan Ghimire by Milan Ghimire
June 29, 2020
in समाचार
0
प्रधानमन्त्रीबाट हटाउन लागे भनेर रुवाबासी गर्ने, छिमेकीलाइ दोषदिने हैन, बिदादिए लिनुस् – प्रवक्ता शर्मा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १५,

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताले बिदादिए बिदालिनु पर्ने सुझाव दिएका छन् । सोमबार सामाजिक संजालमा लेख्दै उनले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न नसकेको टिप्पणी गर्दै जनताले नेत्रित्व परिवर्तन खोजेको बताए । उनले हालको नेत्रित्वको सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न नसकेको बताएका हुन । प्रवक्ता शर्माले कोरोना रोकथाम गर्नको लागि सहयोग गर्ने दातृ निकाय, सहयोगिहरुलाइ धन्यवादको पात्र भएकाले धन्यावद दिन प्रधानमन्त्रीलाइ सुझाव दिए ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण आफूलाई प्रधानमन्त्री पदबाट भारतले हटाउने खोजेको आरोप लगाएका थिए । साथै उनले भारतको यो खेलमा नेपालका नेताहरू पनि लागेको आरोप छ ।

मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आइतबार बालुवाटार गरेको कार्यक्रममा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले हप्ता/१५ दिनमा प्रधानमन्त्री परिर्वतन हुन्छ भन्न थालिएको बताए थिए ।

साथै उहाँले भारतले हटाउन खोज्दैछ भन्नुको अर्थ नेकपाले स्पष्टिकरण दिनुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री बनाउन र हटाउन नेकपासंग संसदमा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासंग छ कि छैन ? भनेर प्रश्न समेत गरेका छन् । यदि छ भने त्यसको प्रयोग गर्ने या नगर्ने जिम्मेवार विवेक उपर नेकपाको स्वतन्त्र हक के सुरक्षीत छैन ? भनेका छन् ।

उनको यस्तो धारणाले शोभा नदिएको शर्माको दिप्पणी छ । उनले प्रधानमन्त्रीलाई आफु राम्रो काम गर्न सुझाव दिदै छिमेकीलाई दोष नलगाउन समेत सुझाएका छन् । उनले आफुलाइ हटाउन लागे भनेर सार्वजनिक ठाँउमा रुवाबासी गर्नुले शोभा नदिएको बताएका हुन् ।

कोरोनासंग जुध्न असफलतापछि जनताले परिवर्तन खोजेका छन् ,सहयोद्धाहरुले जोगाइदिए तिनलाई धन्यवाद दिनोस् l विदा गरे हालसम्मको कामका लागि धन्यवाद लिनोस् l हटाउन लागे भनेर सार्वजनिक रुवाबासी गर्नु शोभनीय भएन !

थैली राम्रोसँग नबांध्ने छिमेकीलाई दोष लगाउने,
पद सुहाउँदो भएन @PM_Nepal

— Bishwa Prakash शर्मा (@bishwaprakash77) June 29, 2020

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

निजी क्षेत्रलाई नियमन गर्ने अख्तियार विधेयक अगाडि बढ्दैन – प्रधानमन्त्री

Next Post

शैक्षिक विकासका लागि सहयोगी चौलागाईको सहयोग महामारीमा पनि

Next Post
शैक्षिक विकासका लागि सहयोगी चौलागाईको सहयोग महामारीमा पनि

शैक्षिक विकासका लागि सहयोगी चौलागाईको सहयोग महामारीमा पनि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.