असार १७,
कैलाली । नेपालमा थप एकजनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि एको छ । गत जेठ १४ मा अछामको बयालपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएका रामारोशन गाउँपालिका- ५ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । उनी भारतबाट गौरीफन्टा नाका हुँदै गत जेठ २७ गते अछाम पुगेर क्वारेन्टिनमा बसी क्वारेन्टिनबाट घर फर्किएपछि मृत्यु भएको थियो ।
उनी वडा नं ५ मा स्थित कैलाशेश्वर घट्टेखेती आधारभूत विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेर घर गएका थिए । घर पुगेको ५ दिनपछि उनको मृत्यु भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
असार ९ गते आरडीटी परीक्षण गरी एक साता घरमै सुरक्षित बस्न भन्दै क्वारेन्टिनबाट पठाइएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए । ‘त्योबेला आरडीटी गर्दा नेगेटिभ आएपछि उहाँलाई पठाइएको हो’ उनले भने, ‘तर, घर गएको ५ दिनपछि उहाँको मृत्यु भयो ।’
उनलाइ मधुमेहको रोग भएको र नियमित औषधि सेवन गरिरहेको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले उनको मधुमेहकै कारण मृत्यु भएको जनाएको थियो । तर मृत्यु भएको दुई दिनपछि उनलाइ कोरोना संक्रमण पुष्टि भएको हो ।
उनलाइ गत असार १३ गते राति एक्कासी श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि उपचारका लागि बयालपाटा अस्पतालमा पुर्याइएको र उपचारकै क्रममा १४ गते मृत्यु भएको सूचना अधिकारी जोशीले बताए ।
उनको शवको पनि ब्यवस्थापन गरिएको रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन् । यो संगै नेपालमा कोरोनाको कुल मृत्कको संख्या ३० पुगेको छ। file Photo