Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आज घरघरमा तुलसी रोपेर हरिशयनी एकादशी मनाईदै,,चतुर्मास व्रत आरम्भ

जनता भ्वाइस by जनता भ्वाइस
July 1, 2020
in समाचार
0
आज घरघरमा तुलसी रोपेर हरिशयनी एकादशी मनाईदै,,चतुर्मास व्रत आरम्भ
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
असार १७

काठमाडौं । अषाढ शुक्लपक्षमा पर्ने हरिशयनी एकादशी आज मनाईदैछ । यो एक महत्वपूर्ण एकादशीका रुपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । हरिशयनी एकादशीलाई तुलसीरोपण दिवस पनि भनिन्छ । श्रृष्टिकर्ता भगवान हरि अर्थात विष्णु यस एकादशीबाट चार महिनाका लागी क्षीर सागरमा सुत्न जाने हुँदा यस एकादशीलाई हरिशयनी एकादशी वा देवशयनी र असारे एकादशी पनि भनिन्छ । यस एकादशीमा सुतेका हरि कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास छ । आजको दिन भगवान् विष्णुको प्रतिकको रुपमा घरघरमा तुलसी रोप्ने गरिन्छ । घर वरपरको हावा स्वच्छ बनाउने तुलसी बिना भगवान विष्णुको कुनै पनि पुजा आराधनाले पूर्णता पाउदैन भन्ने मान्यता छ । निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोपेर पुजा गरिन्छ ।

तुलसी अति उपयोगी वनस्पति हो, यसको पात होस् या फूल सबैले उपयोगी औसधिको काम गर्दछन्। रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीहरुको उपचारमा तुलसी घरेलु औषधिको रुपमा उयोगमा ल्याउने गरिन्छ । तुलसी घरमा रोप्नाले घर वरपर नकारात्मक उर्जाहरु नरहने मान्यता पनि छ। हिन्दु धर्मवालमीहरुको लागि तुलसी निक्कै महत्व रहने गरेको छ । तुलसीको मठ हुने घरलाई तीर्थ समानको रुपमा लिईन्छ। 

आजको एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वास रहिआएको छ । ‘भविष्योक्तरा’ पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम यस एकादशीको महिमा भगवान ब्रह्माले नारदजीलाई भनेको र पछि युधिष्ठिरले भगवान कृष्णलाई पनि भनेको उल्लेख छ ।

वैदिक सनातन हिन्दु पात्रो ‘पञ्चाङ’ अनुरुप एउटा पूर्ण चन्द्रमा पुनः नयाँ चन्द्रमा भएर आकाशमा उपस्थित हुन लगाउने समयलाई पन्ध्रवटा समान समय भागमा बिभाजन गरिएको छ र चन्द्रको प्रत्यक चलायमान समय भागलाई तिथी भनिन्छ । चन्द्रको अवस्थिती अनुसार तय गरिएको तिथीको एघारौं दिनलाई एकादशी भनिन्छ ।

वैदिक सनातन हिन्दु धर्ममा एकादशीलाई भगवान बिष्णुको उपाशनागर्ने दिनका रुपमा लिइन्छ । ब्रत बस्ने, भजन गर्ने, एकादशी महात्मय कथा श्रवण गर्ने र जप, होम आदि गर्ने चलन छ ।

चतुर्मास व्रत आरम्भ

हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीसम्मको ४ महिना भगवान विष्णुले सयन गरेको अवस्थालाई चतुर्मास भनिन्छ । यस बेला भगवान विष्णुले आफु शयन गर्ने हुदा भगवान शिवलाई आफ्नो कार्यवाहक सुम्पेका हुन्छन्, तसर्थ धार्मिक मान्यता अनुसार आजको दिनदेखि श्रद्धालुहरुले विशेष गरि भगवान शिवको पुजाआजा गरी व्रत बस्ने गर्दछन् । भगवान विष्णु शयन गर्ने यो ४ महिनाभित्र श्रावणको व्रत, गणेश चतुर्थी, हरितालिका तिज,  ऋषिपञ्चमी,  नागपञ्चमी, नवरात्री,  कोजाग्रत पुर्णिमा,  गोवर्धन पुजा आदि जस्ता थुप्रै दिनहरुमा बसिने व्रतहरु चतुर्मास व्रतहरु हुन् । यो ४ महिनाको समयमा आफ्नो शारिरीक र मानसिक अवस्थाले साथ दिएसम्म व्रत बस्नु शुभ फलदायी हुने मान्यता परापुर्वकाल देखि रहिआएको छ ।

असार शुक्ल एकादशीका दिन अर्थात् आज घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर आजको एकादशी सहित चतुर्मास व्रत थालनी गरिँदैछ । असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मको समयलाई चतुर्मास भनिन्छ । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीको दिन तुलसीको दामोदरसँग विवाह गरेपछि चतुर्मास सम्पन्न हुने प्रचलन छ ।

बिष्णु भगवान क्षीर सागरमा सुतेको बेला अर्थात् चर्तुमाशभरि कुनै पनि मङ्गल कार्यहरुजस्तै बिवाह, व्रतबन्ध आदिको लगन हुँदैन । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पश्चात् मात्र मङ्गल लगन तथा मुहुर्तहरु हुन्छन् । file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

भाग्य आफ्नो आफ्नो

Next Post

अछाममा एक जनामा मृत्युपछि कोरोना पुष्टि : ३० पुग्यो मृत्कको संख्या

Next Post
बाँकेमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु : मृत्कको संख्या २०

अछाममा एक जनामा मृत्युपछि कोरोना पुष्टि : ३० पुग्यो मृत्कको संख्या

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.