असार १७
दोलखा । दोलखको जिरीमा राष्ट्रिय प्रहरी प्रशिक्षणको नवनिर्मित ब्यारेक भवन उद्घाटन गरिएको छ । मंगलबार प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक तारिणी प्रसाद लम्सालले ईलाका प्रहरी कार्यालय नवनिर्मित ब्यारेक भवनको हिजो आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।
उक्त नवनिर्मित ब्यारेक भवन डिएफआइडी (DFID) को सहयोगमा यूएनओपीएस (UNOPS) द्वारा २ करोड १० लाख रुपैयाँको लागतमा निमार्ण कार्य सम्पन्न भएको ईलाका प्रहरी कार्यालय जिरीले जनाएको छ । ३ तले उक्त भवनमा ७ कोठा रहेका छन् ।
कार्यक्रममा जिरी नगरपालिकाका प्रमुख टंक बहादुर जिरेल, सोही नगरपालिकाका उपप्रमुख कृष्णमायाँ बुढाथोकी, बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरि, सरकारी तथा गैह्र सरकारी संघ संस्थाका प्रतिनिधि, संचारकर्मी लगायत स्थानीय भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।