Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जनप्रतिनिधि र पत्रकारहरुका लागि आयुर्वेद सेवा सम्बन्धी अभिमुखीकरण , जनप्रतिनिधिहरुको उपस्थिति न्युन

जनता भ्वाइस by जनता भ्वाइस
July 4, 2020
in राष्ट्रिय समाचार, समाचार
0
जनप्रतिनिधि र पत्रकारहरुका लागि आयुर्वेद सेवा सम्बन्धी अभिमुखीकरण , जनप्रतिनिधिहरुको उपस्थिति न्युन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असार १८, जनता भ्वाइस संवाददता,
रामेछाप । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीले बिहिबार जनप्रतिनिधि र पत्रकारहरुका लागि आयुर्वेद सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । सो अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्का, मन्थली नगरप्रमुख रमेशकुमार बस्नेत तथा उपप्रमुख मायाकुमारी कार्की समेतको उपस्थिति रहेको थियो भने जिल्लाका सबैजसो पत्रकारहरुको उपस्थिति रहेको थियो । जनप्रतिनिधि तथा पत्रकारहरुका लागि आयुर्वेद सम्बन्धी अभिमुखीकरण कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक स्वीकृत कार्यक्रम हो । यस कार्यक्रमको कूल बजेट ५० हजार भित्रबाट बिहिबार कार्यक्रम गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र स्रोतले जानकारी दिएको छ ।

जनता भ्वाइससँग कुराकानी गर्दै सो केन्द्रका प्रमुख दिपक कार्कीले भने, ‘हामीसँगको आजको कार्यक्रमको कूल बजेट ५० हजार रुपैयाँको रहेको छ । यो कार्यक्रम आयोजना गर्नाले आयुर्वेद स्वास्थ्यका बारेमा कम्तिमा जनप्रतिनिधि तथा पत्रकारहरुलाई जानकारी होस् भन्ने उद्देश्यले आयोजना गरिएको हो । यस कार्यक्रममा भएको खर्चको विवरण आइसकेपछि यदि रकम बच्यो भने चिसापानीमा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि खरिद गरिने छ ।’ कार्यक्रममा उपस्थित जनप्रतिनिधि तथा पत्रकारहरुलाई योगाभ्यास समेत गराइएको थियो ।

‘सुर्य नमस्कार’ नामक योगभ्यासको १२ चरणको बारेमा योग प्रशिक्षक रामहरि सुवेदीले गराएका थिए । जनप्रतिनिधिहरु समेतको अभिमुखीकरण भनिए पनि खासै धेरै जनप्रतिनिधि नदेखिँदा नाम मात्रैको जनप्रतिनिधिका लागि भन्न खोजिएको कार्यक्रम स्थलमा प्रष्ट देख्न सकिन्थ्यो । जिल्ला समन्वय समितिका प्रमुख, मन्थली नगरप्रमुख र उपप्रमुख र औंलामा गन्न सकिने केही वडासदस्य मात्र देखिएको उक्त कार्यक्रममा पत्रकारहरुको मात्रै बाक्लो उपस्थिति देखिनुले आयुर्वेद स्वास्थ्य कार्यालले जनप्रतिनिधिहरुसँग समन्वय गर्न नसकेको मज्जैले देखिएको थियो ।

मानव जीवनका लागि योग साधना तथा आयुर्वेद औषधि बढी प्रभावकारी बन्दै गएको अवस्थामा जनस्तरमा समेत आयुर्वेद शिक्षाको प्रशारण गरिनुपर्ने सहभागी पत्रकारहरुको धारणा रहेको थियो । यस्तै प्रसंगमा जिल्लाका युवा पत्रकार सौजन्य सत्यालले आयुर्वेद स्वास्थ्य केन्द्रले गरेको जनप्रतिनिधि तथा पत्रकारहरुलाई आयुर्वेद सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई यसरी लिएको बताए, ‘यस्ता कार्यक्रमहरुले पछिल्लो समयमा सुस्ताउँदै गएको आयुर्वेदको क्षेत्रलाई माथि उठाउने अवस्था छ । विगतको समय भन्दा पछिल्लो समयमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा विशेषज्ञ डाक्टरहरु थपिएकोमा मलाई निकै खुशी लागेको छ । यस्ता कार्यक्रमहरुले जनस्तरमा सकारात्मक प्रभाव पार्नेछ ।’ त्यस्तै अर्का पुराना तथा पाका पत्रकार बद्री नयाँघरेले अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधिहरुको पर्याप्त उपस्थित नहुनुले केही खल्लो भएको भएपनि कार्यक्रमको प्रभावकारिताले आफूलाई आशा लागेको प्रतिक्रिया दिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्ती

Next Post

मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपतिलाइ भेट्न पुगे प्रधानमन्त्री

Next Post
मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपतिलाइ भेट्न पुगे प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपतिलाइ भेट्न पुगे प्रधानमन्त्री

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.