आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्ती


असार १८,

काठमाडौं । आज गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्ती । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति कोइरालाको आज ९६ औँ जन्मजयन्ती कांग्रेस र कांग्रेसका भातृ संगठनले मनाउदैछन् । उनका जन्मजयन्तीको अवसरमा आज कांग्रेसले राजधानीसहित विभिन्न जिल्लामा श्रद्धाञ्जली सभाको आयोजना गरेको कांग्रेसका नेता मीन विश्वकर्माले जानकारी दिए।

कोइराला नेपालको इतिहासमा हालसम्म सबैभन्दा धेरैपटक प्रधानमन्त्री बन्ने नेता हुन् । उनी ५ पटकसम्म प्रधानमन्त्री बनेका थिए । उनले वि.स २००४ सालमा बिराटनगर जुट मिलको श्रमिक नेताको रुपमा राजनीतिक यात्रा विक्रम सुरु गरेका थिए ।

कोइराला तत्कालिन राणा शासकबाट लखेटिएका कृष्णप्रसाद कोइराला र दिब्या कोइरालाका कान्छा सुपुत्र तथा नेपाली राजनीतिका धरोहर बी.पी कोइराला र मातृकाप्रसाद कोइरालाका भाइ हुन्। वि.सं.१९८१ असार १८ गते भारतको बिहारमा जन्मिएका कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो । file Photo

तपाईको प्रतिकृया दिनुहोस्