Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीमा देखियो सलह, सचेत हुन ज्ञान केन्द्रको आग्रह

जनता भ्वाइस by जनता भ्वाइस
July 5, 2020
in समाचार
0
नेपालमा सलहकीराको प्रभाव कस्तो रहला ? के भन्छन् कृषि विज्ञ ? (भिडियो सहित्)
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ , असार १४ सिन्धुलीमाढि ।
भारतबाट प्रबेश गरेको सलह फट्याङ्ग्रा किरा सिन्धुलीमा पनि देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शनिवार प्रेस विज्ञप्ती जारी गर्दै सिन्धुली, बारा, पर्सा, सर्लाही, र रुपन्देही लगायतका जिल्लामा आइपुगेको जनाएको हो । मन्त्रालयका सह–सचिव एवं प्रवक्ता डाक्टर हरिबहादुर केसीद्धारा हस्ताक्षरीत प्रेस विज्ञप्तीमा शनिवार तराईका विभिन्न सिमानाका हुँदै नेपाल प्रबेश गरेको सलहको एउटा सानो झुण्डको उपस्थिती सिन्धुलीलगायतका पाँच जिल्लामा देखिएको उल्लेख छ । विज्ञप्तीमा सलह किराको जोखिम कम गर्न तिनै तहका सरकारलाई गम्भीर भएर लाग्न समेत भनिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका २ को चियाबारी, सिमबारी, खुर्सानी डाँडा, कनपा ८ को माइस्थान, करकरे र कमलामाई नगरपालिका १० को भिमान तथा भडार क्षेत्रमा सलह झुण्ड–झुण्ड समुहमा देखिएको स्थानीयले बताएका छन् ।

यता कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख भरत प्रसाद विडारीले सिन्धुलीका पनि विभिन्न क्षेत्रमा सलह किरा आएको भन्ने किसानले जानकारी दिएको बताउनुभएको छ । आज जनताभ्वाईस सँग कुराकानी गर्दै उहाँले सलहको सानो झुण्ड सिन्धुली प्रवेश गरेको बताउनुभयो । उहाँले यो मौसममा सलह धेरै बस्न तथा असर पार्न नसक्ने तफ संकेत गर्नुभयो । यसको नियन्त्रण गर्न विषदि प्रयोग गर्न, भौतिक नियन्त्रण गर्न तथा झुलको प्रयोग गरि वालीनाली जोगाउन सकिन्छ तर, अहिले नै विषदि प्रयोग गर्दा वाली नाली, मानिस तथा पशुपक्षी सबैमा नै विषदिको असर पर्ने भएकाले सजक हुनुपर्ने बताउनुभयो । उहाँले आवाजहरु बजाउने, धुँवा पारेर पनि केहि हदसम्म सलह किरालाई स्थानान्तरण गर्न वा टाढा भगाउन सकिने बताउनुभयो । यसलाई पासोमा पारेर दानाको रुपमा पनि प्रयोग गर्न सकिने प्रमुख विडारीको भनाई छ ।

ज्ञानकेन्द्र सिन्धुलीका प्रमुख विडारीले त्यस प्रकारको किरा देखिएमा टेलिफोन नम्वर ९८५४०४२२६६ र ९८५४०४२१६६ मा सम्पर्क गरि जानकारी गराउन सबै कृषकमा आग्रह गर्नुभएको छ । यस्तै स्थानिय तहको कृषि शाखामा पनि सम्पर्क गरेर जानकारी गराउन सकिनेछ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापमा थपिए एक जना कोरोना संक्रमित

Next Post

होटल तथा पर्यटन व्यावसायीको सरकारलाई ज्ञापन पत्र

Next Post
होटल तथा पर्यटन व्यावसायीको सरकारलाई ज्ञापन पत्र

होटल तथा पर्यटन व्यावसायीको सरकारलाई ज्ञापन पत्र

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.