Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विद्यालयको लापरबाहीका कारण गोकुलगंगामा २५ घरधुरी पहिरोको उच्च जोखिममा, पूरै गाउँ बग्ने,आधा बग्यो

Milan Ghimire by Milan Ghimire
July 7, 2020
in राष्ट्रिय समाचार, समाचार
0
विद्यालयको लापरबाहीका कारण गोकुलगंगामा २५ घरधुरी पहिरोको उच्च जोखिममा, पूरै गाउँ बग्ने,आधा बग्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २२,

रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाका वडा नं ४ का २५ घरधुरी सोही ठाउँको विद्यालयको लापरबाहीका कारण पहिरोको उच्च जोखिममा परेका छन् । गएराती परेको पानीले डेढ रोपनी खेत, ५-७ रपनी मकैबाली नष्ट भएको छ ।  विद्यालयले, विद्यालय निर्माणको लागि गैरिगाउँ र रमिते गाउँको बिच भएर बग्ने काभ्रे खोलाको कच्चा पदार्थहरु ढुंगा, बालु, स्थानियको अबरोधरोको बाबजूत पनि निकालेको र खोलामा काठका मुडा, कच्चा सामाग्री राखेर खोलाको पानी थुनेको र वर्षासंगै आएको बाढी र भल्ले थुनिएको खोलाले बाटो फेर्दा बाडीको समस्या भएको स्थानीय पीडित राजकुमार बिकले जनता भ्वाइसलाई जानकारी दिए । उनका अनुसार सो ठाउँमा २५ घरधुरी मानिसहरुको बसोबास छ । त्याहाँ कार्की र विश्कर्माहरुले बसोबास गर्छन् ।

एक वर्ष अघि जनजागृती माध्यमीक विद्यालय भवन निर्माणको लागि प्रधानध्यापक गोविन्दबहादुर खत्रीले जबर्जस्ती खोलाको कच्चा पदार्थ निकाल्दा बाढीको समस्या भएको आर्का पीडित सविन बिकले जनता भ्वाइसलाई बताए । उनका अनुसार प्रधानध्यापकले भविष्यमा बाढी पहिरोको जोखिम भए आफूसंग भएको आफ्नो नामको सोही खोलाको छेउको धौलेखेत स्थानीयहरुलाई पास गर्दीने शर्तमा सामाग्री प्रयोग गरेका थिए । तर अहिले वर्षासंगै आएको बाढीले पूरै गाउँ डबान्मा परेको हो ।

हाल धान, कोदो, किवी, भुईस्याउ, तरकारीबाली, मकैलगाएको सो जग्गामा पहिरोको खतरा बडेको स्थानीय तथा वडा सदस्या सिताराम कार्कीले बताए । गएको केहीदिन यता परेको अबिरल वर्षका कारण स्थानीयहरुको घरको माथिबाट पहिरो बगेको छ । कसैको घरमा पानीको भलपसेको छ । कसैको घरको वरपर चारैतिरबाट पहिरो बगेको छ । स्थानीहरु रातभरी सुत्न नसकेको सबिन बिकले भने । धारा, शौचलय, भासिएका छन् । बारीको कान्लाहरु प्रत्येक भत्किएका छन् ।

उनीहरुले वडा कार्यालय र प्रहरीलाई पनि खबर गरेका छन् । वडाले समस्याको हल गर्ने आश्वसन दिएको छ । प्रहरी, स्थानीहरुले सो ठाउँको अवलोकन गरेको छ । ठाउँ-ठाउँमा जमिन चिरा-चीरा परेकाले निरन्तरको वर्षाले ठूलो क्षेती पुग्ने देखिएकाले स्थानीयहरु पीडामा परेका हुन् । मनसुन सुरुभएकाले पानी निरन्तर परिहरेकाले पनि पहिरोको जोखिम उच्च छ ।

यता आफूले खोलाको कुनै पनि सामाग्री प्रयोग नगरेको र आफ्नो कारणले सो जोखिम नभएको प्रधानध्यापक खत्रीको भनाई छ । उनी पूरै गाउँ डुबानमा भएको बताउदै त्यो आफ्नो विद्यलयको लापरबाहीले भएको भन्ने हल्ला निराधर भएको उनको दाबी छ । उनले जनता भ्वाइससंग भने मैले विद्यालय बनाउले बेला एक मुठी माटो र ढुंगा त्याहाँको चलाएको छैन् । त्यो झुटो आरोप लगाएका हुन् । सोही विषयलाई लिएर आज (सोमबार) सबै मिलेर मलाई कुट्पिट् गर्ने सम्मको अवस्था आएको छ । तर त्यो मेरो कारणले भएको हैन ।

उनी स्थानीयहरु पीडामा परेको र उनीहरुको तत्काल सो ठाउँबाट उद्ध गर्नु पर्ने अवस्था रहेको भने स्वकार गर्छन् । उनले भने हिजो रातीको जस्तै पानी आज वा जहिले पनि परेमा गाउँमा ठूलो क्षेती हुने निस्चित छ । पुरै गाउँ बग्न सक्छ ।

फोटोहेर्नुहोस्

  • सम्बन्धित फोटो
  • सम्बन्धित फोटो
  • सम्बन्धित फोटो
  • सम्बन्धित फोटो
  • सम्बन्धित फोटो
  • सम्बन्धित फोटो
  • सम्बन्धित फोटो
  • सम्बन्धित फोटो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

६३ जना हसचिवको सरुवा, को कहाँ विवरणसहित ?

Next Post

‘गोविन्दबहादुर आफैंमा अरबपति मान्छे हो,जनताको लागि खरिदगरिएका पोलमा १ हजार रुपैयाँ खानु जरुरी छ ?’ -अध्यक्ष खड्का

Next Post
‘गोविन्दबहादुर आफैंमा अरबपति मान्छे हो,जनताको लागि खरिदगरिएका पोलमा १ हजार रुपैयाँ खानु जरुरी छ ?’ -अध्यक्ष खड्का

‘गोविन्दबहादुर आफैंमा अरबपति मान्छे हो,जनताको लागि खरिदगरिएका पोलमा १ हजार रुपैयाँ खानु जरुरी छ ?' -अध्यक्ष खड्का

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...