Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

‘गोविन्दबहादुर आफैंमा अरबपति मान्छे हो,जनताको लागि खरिदगरिएका पोलमा १ हजार रुपैयाँ खानु जरुरी छ ?’ -अध्यक्ष खड्का

जनता भ्वाइस by जनता भ्वाइस
July 7, 2020
in जनता स्पेसल, फिचर, राष्ट्रिय समाचार, समाचार
0
‘गोविन्दबहादुर आफैंमा अरबपति मान्छे हो,जनताको लागि खरिदगरिएका पोलमा १ हजार रुपैयाँ खानु जरुरी छ ?’ -अध्यक्ष खड्का
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter


असार २२, जनता भ्वाइस संवाददाता, रामेछाप
लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले आफ्नो गाउँपालिका क्षेत्र भित्र सबैभन्दा राम्रो काम वडा नं. ३ मा भएको खुलासा गरेका छन् ।
गाउँपालिका भित्र भएका ७ वटा वडामा चालु आर्थिक वर्षको बजेट २ करोड ५२ लाखको दरले वितरण गरिएकोमा वडा नं. ३ ले सारै राम्रो काम गरेको प्रतिक्रिया दिएका छन् । सामुदायिक मिडिया प्रा.लि.द्वारा संचालित पब्लिक नेटवर्क अनलाइन टेलिभिजन सँग आइतबार कुराकानी गर्दै अध्यक्ष खड्काले वडा नं. ३ का अध्यक्ष यमबहादुर महतले सबै भन्दा राम्रो काम गर्न सफल भएको बताएका हुन् । महतको यस किसिमको कार्यका लागि खड्काले धन्यवाद् समेत दिएका छन् ।
विशेषगरी सो गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल र वडाका केही वडाध्यक्षहरु सँग खड्काको आन्तरिक मतान्तर भएपछि चालु आर्थिक वर्षको बजेट अघिल्लो आर्थिक वर्षको असार १० गते नै नीति तथा कार्यक्रम मार्फत सार्वजनिक हुनुपर्ने भएको भएता पनि विवादका कारण रोकिएको थियो ।

चालु आर्थिक वर्षको लागि रोकिएको बजेट गत चैत्र ३ गते सार्वजनिक भएसँगै लिखु तामाकोसी गाउँपालिकाका ७ वटै वडाले सानातिना योजनालाई छोडेर ठूला योजना तर्फ केन्द्रीत बन्दै जनताका प्रत्यक्ष सरोकारसँग जोडिएका विकास निर्माणका कामलाई गति दिएको छ ।
आगमी आर्थिक वर्षको लागि जिल्लाका ८ वटै स्थानीयतह हरुको भन्दा राम्रो नीति तथा कार्यक्रमहरु पारित गरेको अध्यक्ष खड्काले बताएका छन् । आफूले सोचेजस्तो ढंगले काम भएको खण्डमा जिल्लाकै नमुना पालिका निर्माण हुनेमा खड्का विश्वस्त छन् । कुराकानीकै प्रसंगमा खड्का भन्छन्, ‘नागरिकहरुका प्रत्यक्ष चासोको क्षेत्रमा हामी कृषिलाई बढी महत्व दिन्छौं । जसका लागि आगामी आर्थिक वर्षको लागि पर्याप्त बजेटिङ भएको छ । यसरी कृषिमा पालिकाले छुट्याएको बजेट र सोचले नागरिकहरुले सिँहदरबारको अधिकार गाउँगाउँमा भन्ने कुरालाई वास्तविकतामा अनुभूत गर्न सक्नेछन् भन्ने मलाई विश्वास छ ।’


लिखु तामाकोसी गाउँपालिकाले कोरोना भाइरसको कारण शहरमा रोजिरोटी गुमाएर गाउँ फर्किएका युवाहरुलाई लक्षित गर्दै भौतिक निर्माणका क्षेत्रमा काम गर्न अवसर दिएको जनाएको छ । सडक निर्माण गर्नका लागि मेशिनको प्रयोग गर्नु भन्दा युवाहरुले सक्ने काम उनीहरुलाई दिनुपर्छ भन्ने कुरामा गाउँपालिका सचेत रहेको अध्यक्ष खड्काले बताएका छन् ।
आगामी आर्थिक वर्षको कार्यक्रममा युवा लक्षित धेरै कार्यक्रम रहेको हुँदा आफ्नो भिजन, गर्ने कार्यक्रमको उद्देश्य सहित्का कार्यक्रम लिएर आउन खड्काले पालिकाबासी युवाहरुलाई आह्वान समेत गरेका छन् । उनी भन्छन्, ‘डालोमा पैसा छ भन्दैमा मैले युवा बोलाएर सबै बाँढ्न त नियमले मिल्दैन नि । यस्तो अवस्थामा भएको पैसालाई सदुपयोग हुने र समाजमा काम समेत राम्रो हुने खालको योजना युवाहरुले लिएर आएको खण्डमा जस्तोसुकै कार्यक्रम पनि युवाहरुसँग साझेदारी गरी गर्न म तयार छु ।

मेरो सोच् युवाहरुलाई विदेशमा पलायन हुनु नपरोस् भन्ने छ ।’
दुरागाउँको विद्युतिकरणको विषयमा तपाईँमाथि लागेको आरोपलाई कसरी लिनुहुन्छ ? भन्ने पब्लिक नेटवर्क अनलाइन टेलिभिजनको जिज्ञासामा खड्का भन्छन्, ‘गोविन्दबहादुर आफैंमा अरबपति मान्छे हो । जनताको लागि खरिदगरिएका पोलमा १ हजार रुपैयाँ खानु जरुरी छ ? दुृरागाउँको एकजना नागरिक पनि मेरो कामबाट बेखुशी छैन । भलै कुनैपनि पार्टीभित्र एक दुई जना भ्रष्टाचार गर्न नपाउनेको जमातले लगाएको आरोप मात्रै हो ।’
बाँकी भिडियोमा…

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

विद्यालयको लापरबाहीका कारण गोकुलगंगामा २५ घरधुरी पहिरोको उच्च जोखिममा, पूरै गाउँ बग्ने,आधा बग्यो

Next Post

नेपाल एयरलाइन्सका पाइलटसहित १४ जना कर्मचारीमा कोरोना संक्रमण : योगेश भट्टराईद्वारा दुख ब्यक्त

Next Post
नेपाल एयरलाइन्सका पाइलटसहित १४ जना कर्मचारीमा कोरोना संक्रमण : योगेश भट्टराईद्वारा दुख ब्यक्त

नेपाल एयरलाइन्सका पाइलटसहित १४ जना कर्मचारीमा कोरोना संक्रमण : योगेश भट्टराईद्वारा दुख ब्यक्त

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.