असार २२
काठमाडौं । आज देखि मास्क नलगाइ घरबाहिर निस्कन नपाईने भएको छ । गृह मन्त्रालयले मस्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।
आज (सोमबार) दिउँसोदेखी प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार, सामाजिक दूरी कायम नगर्ने र मास्क प्रयोग नगर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कार्बाही गर्न निर्देशन दिएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।
लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अबलम्वन गरिए पनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले यसको उल्लंघन गरेकोले तत्काल कडाइका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउन गृहले निर्देशन दिएको अधिकारीले बताए ।
सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएको थियो । त्यसयता सडक र बजार, कलकारखानामा मास्क/सेनिटाइजर प्रयोग र सामाजिक दूरी पालना नगर्ने प्रवृत्ति बढ्दै गएको छ ।file Photo