असार २२,
रामेछाप । सोमबारसम्ममा नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ८० जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १५ हजार ९ सय ६४पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो संक्रमणको दर हेर्दा विगतको तुलनामा संक्रमित हुनेको संख्या कम हुदै गएको छ । काठमाडौं उपत्यकामा मात्रै ५४ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी बितेको २४ घण्टामा थप २ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना भाइरसमुक्त हुनेको कुल संख्या ६ हजार ८ सय ११ पुगेको छ । यो कुल डिस्चार्ज हुनेको ४२.७ प्रतिशत हो ।
नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणकाे कारण मृत्यु हुनेकाे सङ्ख्या ३५ पुगेकाे छ । आज बागलुङका एक जनाको मृत्यु भएको पुष्टि भएको हो ।
२५ प्रयोगशालाबाट बितेको २४ घण्टामा ४ हजार ७ सय २१ वटा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।