Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

त्रिविले १० दिनभित्र परीक्षाबारे निर्णय गर्ने, अनलाइनबाट परीक्षा हुने हल्ला निराधर

Milan Ghimire by Milan Ghimire
July 8, 2020
in शिक्षा, समाचार
0
त्रिविले विज्ञान, मानविकी र शिक्षा संकायको नतिजा यसै हप्ता प्रकाशित गर्ने
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter
असार २३

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी डेढ साताभित्र लकडाउनका कारण स्थगित परीक्षाबारे निर्णय गर्ने जनाएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षाबारे डेढ साताभित्र निर्णय हुने जानकारी दिएका छन्‌ । उनले भने, ‘परीक्षासम्बन्धी गठित समितिले अहिले छलफल गर्दै छ, अब डेढ हप्ताभित्रमा परीक्षा कहिले गराउने वा नगराउने विषयमा निर्णय हुन्छ।

उनका अनुसार अनलाइनबाट परीक्षा गराउने भन्ने हल्ला बाहिर सुनिएपनि त्यसबारे अहिलेसम्म त्रिविले केही निर्णय गरको छैन । सेमेष्टर प्रणालीको परीक्षा आन्तरिक मुल्यांकनबाट गर्नेबारे पनि समितिले प्रतिवेदन दिने छ । त्यसको आधारमा निर्णय लिइने छ। उनले बाहिरका सबै विद्यार्थीहरु आएपछि मात्रै परीक्षा गराउने बताए । उनले भने, ‘तत्काल परीक्षा हुँदैन, पहिला सार्वजनिक यातायात चल्नु पर्‍यो, बाहिर रहेका सबै विद्यार्थीहरु आएपछि मात्रै परीक्षा सञ्चालन हुन्छ।

त्रिविको शैक्षिक क्यालेन्डर अनुसार वैशाख १६ गते स्नातक चौथो वर्षको, जेठ १८ गतेदेखि स्नातक तेस्रो वर्षको,  असार २४ गतेदेखि स्नातक दोस्रो वर्षको र भदौ ७ गतेदेखि स्नातक प्रथम वर्षको परीक्षा संचालन गर्ने मिति तोकिएको थियो ।

यस वर्ष स्नातकोत्तर प्रथम वर्षको परीक्षा चैत्र ७ गतेदेखि गर्न सबै तयारी समेत भइसकेको थियो । तर, कोरोना महामारीका कारण सबै परीक्षा स्थगित भएको हो । स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा माघ र प्रथम वर्षको चैत्रमा हुने गर्छ ।

स्थगित परीक्षाबारे अहिलेसम्म पनि केही निर्णय नहुँदा त्रिविका विद्यार्थीहरु अन्योलमा छन् । कतिपय विद्यार्थीहरुले परीक्षाको तयारी थालेका छन भने कतिपय विद्यार्थी परीक्षाको पर्खाइमा छन । अनलाइन माध्यमबाट परीक्षा गराउने हल्लाले गाउँ गएका विद्यार्थी झनै तनावमा परेका छन्‌ ।file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

महामारीविरुद्ध एक भएर लड्न : मन्त्री ढकालको आह्वान

Next Post

देशैभरका नदीमा बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

Next Post
देशैभरका नदीमा बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

देशैभरका नदीमा बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.