Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

७५ प्रतिशत अनुदानमा कृषकलाई बोयर बोका (भिडियो सहित)

जनता भ्वाइस by जनता भ्वाइस
July 8, 2020
in राष्ट्रिय समाचार, समाचार
0
७५ प्रतिशत अनुदानमा कृषकलाई बोयर बोका (भिडियो सहित)
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

असार २३।रामेछाप,
लिखु तामाकोसी गाउँपालिका वडा नं. २ वडा कार्यालय सैपुले कृषकहरुलाई उन्नत जातका बोका वितरण गरेको छ । वडा भित्र व्यक्तिगत वा समूहगत रुपमा बाख्रापालन गर्दै आएका कृषकहरुको व्यवसाय वृद्धि र स्तरोन्नतिका लागि यस प्रकारको कार्य गरिएको उक्त वडाका वडाध्यक्ष पदमबहादुर तामाङले जानकारी दिएका छन् ।
गत शनिबार वडा कार्यालय नजिकै रहेको सैपु बजारमा वडाभित्रका ९ वटा व्यक्तिगत तथा समूहिक कृषि फर्महरुलाई बोयर जातका बोका वितरण गरिएको हो । आर्थिक वर्ष २०७६–०७७ को वार्षिक स्वीकृत कार्यक्रममा समावेश भएको उक्त कार्यक्रममा स्थानीय स्तरबाट खोजिएका बोयर जातका बोकाहरु गोला प्रथाबाट वितरण गरिएको हो ।

स्थानीय स्वरोजगार कृषक समूह पहरे, लालिगुराँस कृषक समूह ओख्रेनी, चम्पाकाली कृषक समूह माझाघर, उद्यमशील तरकारी उत्पादन समूह टार, फलफूल खेती विस्तार कृषक समूह सुनुवार गाउँ, सुन्दरबस्ती फलफूल तथा तरकारी कृषक समूह, कमलबहादुर बस्नेत ढाँडे, तारा राउत पोक र प्रेमप्रसाद पौडेल सैपु गरी ९ कृषक तथा कृषक समूहहरुलाई उन्नत जातका बोयर बोका वितरण गरिएको हो ।
आधुनिक जातका बाख्रा उत्पादन गर्ने उद्देश्यले आफ्ना वडाका कृषकहरुलाई बोका वितरण गरिएको वडाध्यक्ष तामाङले जनताभ्वाईसलाई बताएका छन् ।

वडास्तरमा नै आफूहरुलाई उन्नत जानको बोका दिएर सहयोग गरेको सुन्दरबस्ती कृषक समूहकी अध्यक्ष अप्सरा मुग्रातीले बताइन् । आफ्ना १६ घरधुरी सम्मिलित कृषकहरुलाई प्राप्त बोका सदुपयोग गरिने उनले बताएकी छिन् ।
त्यस्तै सैपुकै प्रेमप्रसाद पौडेलले आफ्नो उद्यमशील कृषक समूहमा भएका ८० घरधुरीहरुमा पालिएका बाख्राहरुका लागि सबैभन्दा ठूलो बोका प्राप्त गरेका थिए । वडा कार्यालले दिएको यो सहयोग आफूलाई राम्रो लागेको प्रतिक्रिया दिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो

Next Post

मन्थलीमा सवारी पार्किङ अब सहज हुने

Next Post
मन्थलीमा सवारी पार्किङ अब सहज हुने

मन्थलीमा सवारी पार्किङ अब सहज हुने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.