असार २३,सम्झना श्रेष्ठ,
सिन्धुली । सिन्धुलीमा कोरोना जितेर ३ जना डिर्चाज भएका छन् । सिन्धुलिको कमलामाई नगरपालिका ७ का २५ बर्षिय, कमलामाई नगरपालिका १० का १८ बर्षिय र दुधौली नगरपालिका ८ का ४८ बर्ष पुरूषहरु सोमबार सिन्धुली अस्पताल बाट कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएको सिन्धुली अस्पतालले जनाएको छ ।
यस अघि पनि सिन्धुली अस्पतालकै आइशोलेसनमा रहेर उपचार गराई ३ जना डिर्चाज भएका थिए । अव सिन्धुली अस्पतालमा २ जना पुरुष आइशोलेसनमा उपचार गराइरहेका छन् ।