असार २६
रामेछाप । आज नेपालमा कोरोनाका संक्रमित भन्दा निकोभएर घरफर्किनेको संख्या बढीदेखिएको छ । वितेको २४ घण्टामा १ सय २० जना निकोभएका छन् भने १ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । योसगै नेपालमा कुल कोरोना जित्नेको संख्या ८ हजार ११ पुगेको छ भने संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको शुक्रबारको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमले जानकारी दिए ।
जसमा सक्रिय संक्रमितको संख्या ८ हजार ६०३ पुगेको छ । डिस्चार्ज हुने कूल संक्रमितको ४८.१ प्रतिशत हो ।
आज एक जना रामेछापका छन् । योसंगै रामेछापमा कुल संक्रमितको संख्या २३ पुगेको छ । जसमा २० जना निकोभएर फर्किएका छन् ।
विगत २४ घण्टामा २५ वटा प्रयोगशालाबाट ४ हजार ८ सय ६ जनाको पीसीआर परीक्षण भएका छन् । त्यस्तै, क्वारेन्टिनमा २३ हजार ९ सय १० जना रहेका छन् भने आइसोलेसनमा ८ हजार ६ सय ३ रहेका छन्
त्यस्तै ५ सय भन्दा बढी कोरोना संक्रमित जिल्ला ६ पुगेको छ । यसरी कोरोनामुक्त भएका जिल्लाहरुमा धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ मुस्ताङ र हुम्ला हुन् ।
त्यस्तै, ५ सयभन्दा सक्रिय संक्रमित रहेको जिल्लामा महोत्तरी, रौतहत, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छन् । भने संक्रमित शून्य भएको जिल्ला पनि ६ नै पुगेको छ ।