Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दूधमा अनुदान पाउँदा कृषकहरु फुरुङ्ग

जनता भ्वाइस by जनता भ्वाइस
July 12, 2020
in राष्ट्रिय समाचार, समाचार
0
दूधमा अनुदान पाउँदा कृषकहरु फुरुङ्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असार २७ । जनता भ्वाइस संवाददाता, रामेछाप
मन्थली नगरपालिकाले दूग्ध उत्पादक कृषकहरुलाई अनुदान वितरण गरेको छ । मन्थली नगरपालिकाले आज कृषकहरुको लाई नगरपालिका परिसरमा नै बोलाई कोरोना भाइरसको कारण सामाजिक दूरी कायम गर्दै अनुदान वितरण गरेको हो ।
मन्थली नगरपालिका भित्र व्यवसायिक तथा व्यक्तिगत रुपमा गाई भैंसीको दूध रामेछाप जिल्लामा रहेका २ वटा दूग्ध डेरीमा वितरण गर्ने गरेको तथ्यलाई आधार मान्दै नगरपालिकाले प्रतिलिटर १ देखि २ रुपैयाँ सम्म अनुदान दिएको हो ।
मन्थली नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम मार्फत चालु आर्थिक वर्षमा कृषकहरु लक्षित अनुदान कार्यक्रम मार्फत यो अनुदान दिइएको पशु शाखाका प्रमुख मुकुन्दकुमार खड्काले जनता भ्वाइसलाई जानकारी दिएका हुन् ।


चालु आर्थिक वर्षको पहिलो चौमासिक अर्थात् कार्तिक महिना सम्म २ लाख ३० हजार १ सय ६२ रुपैयाँ नगरपालिकाले कृषकहरुका लागि वितरण गरिसकेको छ । त्यस्तै दोस्रो चौमासिक मंसीर, पौष, माघ र फागुन महिनामा दूध उत्पादन गरी डेरीमा बेच्न ल्याउने कृषकहरुलाई प्रतिलिटर १ रुपैयाँ र कोभिड १९ को कारणले समस्यामा परेर पनि दूध बेच्ने कृषकहरुलाई विशेष परिस्थिति सिर्जना भएको कारण गत असार ६ गतेको नगरपालिकाको निर्णयानुसार २ रुपैयाँ प्रतिलिटर अनुदान दिइएको खड्काले जानकारी दिएका छन् ।


यसरी कृषकहरुले डेरीमा दैनिक उत्पादन गरी बेच्न ल्याएको दूधको आधारले हिसाब गरी अनुदान रकम ७ रुपैयाँ देखि ५२ हजार रुपैयाँ सम्म वितरण गरिएको थियो । ७ लिटर अर्थात् ७ रुपैयाँको अनुदान पाउने कृषक सो रकम लिन आएका थिएनन् भने सबै भन्दा बढी ५२ हजार लिटर दूध उत्पादन गर्ने आनन्द पशुपालन तथा अर्गानिक कृषि फर्मका संचालक कृषक केशर पौडेल भने आफूले अनुदानमा पाएको रकमलाई घाँस उत्पादनको क्षेत्रमा लागनी गर्ने बताउँछन् । जनता भ्वाइससँगको कुराकानीमा पौडेल भन्छन्, ‘ंयो अनुदान प्रति मन्थली नगरपालिकालाई निकै आभार व्यक्त गर्दछु । यस्तो खालको हौसललाले कृषकहरुलाई यस कर्मप्रति अझ खारिन मदत गर्न सक्छ ।’

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

Indian news channels closed in Nepal

Next Post

कक्षा ५ र ८ मा उत्कृष्ट तीनमा पर्ने विद्यार्थीले पाए प्रोत्साहान भत्ता ५० हजार [फोटोसहित]

Next Post
कक्षा ५ र ८ मा उत्कृष्ट तीनमा पर्ने विद्यार्थीले पाए प्रोत्साहान भत्ता ५० हजार [फोटोसहित]

कक्षा ५ र ८ मा उत्कृष्ट तीनमा पर्ने विद्यार्थीले पाए प्रोत्साहान भत्ता ५० हजार [फोटोसहित]

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.