असार २७,
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले विद्यार्थी प्रोत्साहन भत्ता वितरण गरेको छ । शुक्रबार कक्षा ५ र कक्षा ८ मा गाउँपालिका स्तरिय परीक्षामा उत्कृष्ट तीनमा परेका विद्यार्थीहरुलाई नगद ५० हजारका दरले प्रोत्साहन भत्ता वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश सुवेदीले जनता भ्वाइसलाई जानकारी दिए । उनका उनुसार उत्कृष्ट तीनमा परेका विद्यार्थीहरुलाई सो रकम प्रोत्साहान स्वरुप दिएको हो ।
रकम पाउनेमा जनजागृत माविका कक्षा ५ का एक जना र कक्षा ८ का २ जना छन् । त्यस्तै कमला देवी माविबाट २ जना र गोकुलगंगा माविबाट १ जना छन् ।
फोटो





![कक्षा ५ र ८ मा उत्कृष्ट तीनमा पर्ने विद्यार्थीले पाए प्रोत्साहान भत्ता ५० हजार [फोटोसहित]](https://i0.wp.com/janatavoice.com/wp-content/uploads/2020/07/golulganga.jpg?resize=750%2C375&ssl=1)




