Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

स्मार्ट लाइसेन्सको मास प्रिन्टर आयो-सिस्टममा मेसिन जोड्नै १ महिना लाग्ने

Kumar Shrestha by Kumar Shrestha
August 13, 2019
in समाचार
0
स्मार्ट लाइसेन्सको मास प्रिन्टर आयो-सिस्टममा मेसिन जोड्नै १ महिना लाग्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२८ साउन, काठमाडौं । स्मार्ट लाइसेन्स छाप्ने ठूलो (मास) प्रिन्टर यातायात व्यवस्था विभागमा आईप पुगेकोछ । साना प्रिन्टरबाट छापेर वितरण गर्दा माग नै धान्न नसक्ने अवस्था आएपछि मास प्रिन्टर ल्याइएको यातायात व्यवस्था विभाग जनाएको छ।

भारतीय कम्पनी मद्रास प्रिन्टरले यो मेसिन नेपालमा आपूर्ति गरेको हो । मद्रासले नै नेपालमा स्मार्ट लाइसेन्स छपाइ व्यवस्थापनको जिम्मा लिएको छ । यो मेसिनलाई सिस्टमसँग जोड्न नै एक महिना बढी लाग्ने अनुमान छ ।

मेसिन आए पनि यसमा छपाइको काम सुरु गरिहाल्न सकिने अवस्था नरहेको विभागका एक प्राविधिक कर्मचारीले बताए । उनका अनुसार मास प्रिन्टरले घण्टामा १५ सय वटा लाइसेन्स छाप्न सक्छ । करिब ४ देखि ६ महिनामा पुराना सबै लाइसेन्स छापिसकेर नियमित अवस्थामा लैजान सकिने उनको भनाइ छ ।

लाइसेन्सको प्रिन्ट हुन बाँकी संख्या अहिले ५ लाखभन्दा माथि छ । प्रिन्टमा समस्या कायमै रहेपछि स्मार्ट सवारी लाइसेन्स वितरणमा देखिएको समस्या फुकाउन भन्दै सरकारले मास प्रिन्टर खरिदको निर्णय लिएको थियो । मेसिनसँगै स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने १० लाखवटा कार्ड पनि आपूर्ति गर्ने जिम्मा मद्रासले लिएको छ ।

विभागमा मागअनुसार लाइसेन्स बाँड्न नसकिएको ‘ब्याक लग’ संख्या दिनानुदिन बढ्दो छ । लाइसेन्स वितरणलाई नियमित गर्ने हो भने दैनिक ४ हजार लाइसेन्स प्रिन्ट हुनुपर्छ । तर, हाल औसत दैनिक १५ सय लाइसेन्स प्रिन्ट हुँदैन ।

महिनामा ५० हजार लाइसेन्स पनि प्रिन्ट हुने गर्न नसकिएको विभागका अधिकारीहरु बताउँछन् । यस्तो अवस्थामा प्रक्रिया पूरा गरेका सेवाग्राहीले लाइसेन्स प्राप्त गर्न महिनौं लाग्ने गरेको छ । अहिले विभागका ५ वटा पुरानामध्ये मुश्किलले ३ वटा मेसिनले मात्रै प्रिन्ट गरिरहेका छन् । अन्य बिग्रिएर थन्किएका छन् । चलेका मेसिनमा पनि पटक–पटक समस्या आउँछ ।

विभागअनुसार पुरानो मेसिनले आफ्नो ‘लाइफ टाइम’ मा जम्मा एक लाख लाइसेन्स प्रिन्ट गर्न सक्ने क्षमता राख्छन् । तर, करिब ५ लाख लाइसेन्स प्रिन्ट गरिसकेका छन् ।

पुराना मोडलका प्रिन्टरको उत्पादन पनि बन्द भएकाले पार्टपुर्जा पनि पाउन गाह्रो पर्ने गरेको छ । यसका कारण महिनौं पहिले प्रक्रिया पूरा गरेका सेवाग्राहीलाई लाइसेन्स दिन विभागलाई धौ–धौ परिरहेको छ । अब मास प्रिन्टर जोडेर सञ्चालनमा ल्याएपछि यस्तो समस्या घट्दै जाने विश्वास विभागको छ ।

देशभरका १७ वटा लाइसेन्स कार्यालयबाट लाइसेन्स वितरण हुन्छ । प्रिन्ट भने काठमाडौंको मीनभवनस्थित विभागको कार्यालयमा मात्र हुन्छ । सबै कार्यालयहरुमा सेवाग्राहीको चाप रहेकाले लाइसेन्सको माग पनि ठूलो दरमा बढिरहेको छ ।

कागजी लाइसेन्स हटाएर देशब्यापी रुपमा स्मार्ट लाइसेन्सको वितरण थालेपछि लाइसेन्सको माग र छपाइको सन्तुलन मिलेको छैन । जसका कारण एक वर्षसम्म पनि सेवाग्राहीले लाइसेन्स नपाउने समस्या छ । त्यसमाथि बेला–बेलामा छपाइ गर्ने कार्ड सकिने समस्या दोहोरिरहन्छ ।

अहिले झण्डै ५ लाख सेवाग्राही सबै प्रक्रिया पूरा गरेर लाइसेन्स कुरिरहेका छन् । देशभर दैनिक कोटा प्रणाली लागू गरिएका कारण लाखौं सेवाग्राहीहरु लाइसेन्स लिने प्रक्रियामा सहभागी नै हुन पाएका छैनन् ।

@onlinekhabar

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

मिडिया काउन्सिल विधेयक सहमतिको नजिकमा

Next Post

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

Next Post
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.