Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

देउरालीको खानेपानी आयोजनामा भ्रष्टाचारको नमिठो गन्ध, आयोजनाको निर्माणकर्ता र उपभोक्ता समिति बीच नै दोषारोपण (भिडियो सहित)

जनता भ्वाइस by जनता भ्वाइस
September 10, 2021
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
देउरालीको खानेपानी आयोजनामा भ्रष्टाचारको नमिठो गन्ध, आयोजनाको निर्माणकर्ता र उपभोक्ता समिति बीच नै दोषारोपण (भिडियो सहित)
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

असार २७ । जनता भ्वाइस संवाददाता, रामेछाप
रामेछाप नगरपालिका वडा नं. २ मा निर्माणाधीन फलाँटेखोला हुलाकचौर खानेपानी तथा सरसफाई आयोजनाको कार्यशैलीमा ह्वास्सै भ्रष्टाचारको नमिठो गन्ध आएको छ ।
२०७३ साल आसर १७ गते बाट निर्माण आरम्भ भएको यस खानेपानी आयोजना ४ वर्ष बितिसक्दा समेत निर्माण हुन सकेको छैन । ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समिति फनबोर्डको ६६ लाख भन्दा बढी तथा स्थानीय श्रमदान सहित् १ करोड १ लाख २२ हजार रुपैयाँमा निर्माण सम्पन्न हुनु पर्ने आयोजना आजसम्म पनि अलपत्र परेको छ ।


फनबोर्डले आफ्नो लगानीमा काम गर्नका लागि लोकल एनजीओ खोज्दा सो आयोजना हात पार्नका लागि रामेछापको जानेमाने एनजीओ सफल भयो त्यो हो सामुदायिक विकास समाज सिडिएस् ।
जब आयोजनाको काम सुरु भयो, तब खानेपानीको समस्याले हैरान भएका देउरालीबासीहरु खुशीले दुई हात माथि उफ्रिएका थिए । तर ूहात्ती आयो हात्ती आयो फुस्साू भन्ने उखान जस्तै आयोजना सुरु भएको आज ४ वर्ष सम्म पनि यो आयोजनाबाट पानीको कुनै थोपा खस्न सकेन ।
यो आयोजना सम्पन्न गर्नका लागि विशेषतः ३ वटा निकायहरु जिम्मेवार छन् । जसका लागि आयोजनाको उपभोक्ता समिति, लोकल एनजीओको तर्फबाट सामुदायिक विकास समाज सिडिएस् र ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समिति फनबोर्ड । यो आयोजनाको निर्माणका लागि जिम्मेवारी लिँदै र दिँदै यी ३ वटा संस्थाहरुले एकापसमा सहमती गरेका छन् । तर आजको दिनसम्म पनि यो आयोजनाबाट पानी आउन नसक्दा भने यो खानेपानी आयोजनामा दालमें कुछ् काला है भने जस्तै महसुस् देउराली बासीले गरेका छन् ।


आयोजना स्थल भद्रगोल छ । करिब १५ सय मिटर जती जिआइ पाइप बिच्छ्याइएको छ । फलाँटे खोला, जहाँ सो आयोजनाको पानी संकलन ट्याङ्की बनाइएको छ, त्यो कुनै पनि औपचारिक मापदण्ड पुृरा गरेर बनाइएको सिधा आँखाले हेर्दा पनि देखिँदैन । अझ रमाइलो कुरा त के छ भने पानीको मुहान जुन स्थानमा छ, सो स्थानभन्दा करिब २ फिट अग्लो स्थानमा ट्याङ्की बनाइएको जस्तो देखिन्छ । झन खोलाको बगरमा नै बनाइएको ट्याङ्कीलाई हेर्दा जुनसुकै बेला बर्खाको समयमा बाढी आउँदा त्यो ट्याङ्की एैसी कि तैसी हुने पक्का पक्की नै छ ।
यो आयोजना बनाउने मूख्य जिम्मा आयोजना निर्माण उपभोक्ता समितिको हो भने अर्को जिम्मेवार निकाय सिडिएस् पनि हो । विगत ४ वर्षदेखि अलपत्र परेको यो आयोजनाका निकै महत्वपूर्ण सामग्री फलाँटे खोला भन्दा माथिका पाखाहरुमा अलपत्र परेका छन् जो लाग्छ अब आयोजना बन्ने नै भयो भने पनि केही काम लाग्ने खालका छैनन् ।


स्थानीयहरु भन्छन्, यो खानेपानी आयोजना निर्माण गर्नका लागि १ सय ८३ घरधुरीबाट ३ हजार ६ सयका दरले रकम समेत उठाइएको थियो । अझ रमाइलो कुरा त के छ भने आयोजना जुन समयमा सुरु भयो त्यो समापन हुने समयमा अन्यत्रै मुहानको पानी ट्याङ्कीमा खसाल्दै आयोजना सम्पन्न गरियो भनेर स्थानीय उपभोक्ता शुसिल बख्रेल जिकिर गर्छन् । उनी भन्छन्, ‘यो खानेपानी नबन्दा देउरालीबासीलाई निकै समस्या परिरहेको छ । यस्तो अवस्थामा हिजो देउराली बासीलाई गरेको प्रतिवद्धता सिडिएस्ले बिर्सिएको छ । आफ्नो जिम्मेवारीबाट पन्छिएर अत्यन्तै ठूलो भ्रष्टाचार गरिएको छ । यस विषयमा सिडिएस सँग पटक पटक कुराकानी गर्दा कुनै रेस्पोन्स नदिएकोले अब हामी यही सामग्रीलाई लिएर सम्बन्धीत निकायमा न्यायका लागि लाग्छौं ।’
स्थानीय काफ्लेटारको पानी आधा घण्टा सम्म यस आयोजनाको सबै भन्दा माथिको ट्याङ्कीमा खसालेर पाइपमा पानीको प्रशारण टेष्टगर्ने भन्दै आयोजना सकिएको प्रतिवेदन फनबोर्डमा बुझाएर अन्तिम किस्ता रकम समेत निकासा लिएको अर्का एक स्थानीय पूर्णबहादुर बस्नेतको आरोप रहेको छ । बस्नेत आक्रोसित हुँदै भन्छन्, ‘यहाँ भ्रष्टाचार जरुर भएको छ । चाहे सिडिएस्ले होस् चाहे उपभोक्ता समितिले होस् या जनप्रतिनिधिले होस् । भ्रष्टाचार भएको छ तर कसले कसरी गर्यो त्यो हामीलाई थाहा हुने विषय भएन । मेरा छोरीहरुले समेत २९ दिन सम्म श्रमदान गरे । मैले ३ हजार ६ सय रुपैयाँ पनि तिरें तर पनि पानी आएन ।’
फलाँटे खोलाको पानीको मुहानदेखि देउरालीडाँडा सम्म आउँदा सम्म विच्छ्याइएका पाइप र बनाइएका ट्याङ्कीको हालत बिजोग बिजोग देखिन्छ । पाइप बिच््छ्याउनैका लागि बिच्छ्याएको छ । बिचबिचमा पाइप थिच्न प्रयोग गरेका सपोर्टहरुको अवस्था झन भद्रगोल छ । बीचबीचमा पाइट टुक्रिएका छन् ।
यस आयोजना सुरु गर्दा स्थानीय टीका परियार गर्भवती थिइन् । गर्भवती भएकै अवस्थामा पनि टिकाले आफूले सकेको श्रमदान गरिन् सहजै आफ्नै घरमा खानेपानी पाइएला भनेर । तर आज टिकाको छोरी हिँड्न सक्ने भइसकिन् तर अझै टिकाको घरमा पानी झर्न सकेको छैन । सुत्केरी महिला समेत खानेपानी बोक्नको लागि २ घण्टा धाएर पानीको स्रोत सम्म पुग्नुपर्ने बाध्यता भएको उनले बताएकी छिन् ।
देउरालीकै खिलकराज कार्की यस आयोजना अलपत्र पर्नुमा सिडिएसलाई नै दोषी देख्छन् । उनी किटेरै सिडिएसको कार्यशैलीलाई औंलो ठड्याइरहेका छन् । यस आयोजनाको उपभोक्ता समितिले काम गर्न नजानेका कारण आज खानेपानी उपभोक्ताहरको घरसम्म आइनपुग्न नसकेको उनको आरोप रहेको छ ।
फलाँटेखोला हुलाकचौर खानेपानी तथा सरसफाई आयोजनामा स्थानीय कुसुम नेपालीलाई कोषाध्यक्ष पदीय जिम्मेवारी दिइएको छ । उनको सबै काम सचिव अर्जुन पौडेलले गर्दै आएका छन् । आफ्नो काम नै अर्कालाई जिम्मा लाएर बस्ने यी कोषाध्यक्ष महोदयाले आयोजनाको विषयमा कस्तो हरहिसाब राखिन् होला ? सोच्दा पनि अचम्म लाग्छ । उपभोक्ता समितिका अध्यक्ष र सचिव महाशयहरुले यिनलाई थाङ्नामा सुताएर डाडु पन्युँ हातमा लिइरहेका छन् अहिले सम्म ।
अब लागौँ उपभोक्ता समितिका अध्यक्ष जितबहादुर कार्कीका कुरा तर्फ । यिनका कुरा सुन्दा लाग्छ, यिनी अझै आमाको काखमा लम्पसार परेर दूध चुस्ने बालक हुन् । तर यिनी अध्यक्ष नै हुन् यो खानेपानी आयोजनाका । उनी आफूलाई अध्यक्ष अरुले नै बनाइदिएको र आफूले धेरे जिम्मेवारी नलिएको भन्ने आषयको कुरा गर्छन् । हुन त अध्यक्ष हुन् तर यिनकै कुराको छनक अनुसार यिनलाई उपभोक्ता समितिका सचिव, सिडिएस्का कर्मचारी कमल योञ्जन र वडाध्यक्ष निरबहादुर श्रेष्ठले थाङ्नामै स्ुताइदिएछन् ।
यस आयोजनाका लागि बनेको उपभोक्ता समितिका सचिव हुन् अर्जुन पौडेल । नामजस्तै यिनको पनि आयोजना र यसको निर्माणमा अर्जुनदृष्टि पुग्नै सकेको रहेनछ । उनी पनि आफूलाई आयोजनाको बारेमा केही थाहा नभएको र सबै सबै दोष सिडिएस् कै भएको आरोप लगाउँछन् । अब सुनौ उनको पदीय अर्कमण्यताको एक नालायक उदाहरणको कुरा ।

यी सचिव महामहिम जति आफूलाई पानी माथिको ओभानो बनाउँदै जान्छन् त्यति नै यिनको असली अनुहार उदाङ्गो हुँदै गएको छ । बेलाबेलामा चोर औंला बाङ्गो पारेर घिउ झिक्न बानी परेका छन्। यीनको चेक काट्ने पारा पनि गजबको । अनि कति रमाइलो छ, उनले काम गर्दा लगाएका कामदार र उनले गरेका पेमेन्टलाई उनले कसरी भरपाई गरेका छन् ? सबै सबै मानोमानी चलेको छ उनको । भिडियोमा हेर्दै हुनुहुन्छ दर्शकवृन्द, क्यान्सिल चेकको न ओसी राखेका छन् , न त रकम भुक्तानी गरेका व्यक्तिहरुलाई भरपाइ नै गराएका छन् ।
यो खानेपानी आयोजनाको अर्को गजबको पक्ष पनि छ । त्यो हो यो आयोजनामा काम गर्ने मजदुरहरुको हालसम्म पनि पारिश्रमिक भुक्तानी भएको छैन । आफूहरुले काम गरेको पारिश्रमिक समेत भुक्तानी नपाएर हैरान भएको सो आयोजना निर्माण गर्दाका मजदुर सीताराम रोका बताउँछन् । रोका जस्तै अन्य मजदुरहरुको दुःखभरि कहानी पनि कम पीडादायी छैन ।


रामेछाप नगरपालिकाले फलाँटेखोला हुलाकचौर खानेपानी तथा सरसफाई आयोजनाको लागि कुनै रकम भुक्तानी नै नगरेको प्रष्ट पारेको छ । रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र पौडेल आफू प्रमुख प्रशासकीय अधिकृत भएर आउँदा भन्दा पछि कुनै रकम यस आयोजनाको लागि भुक्तानी नभएको उनको धारणा रहेको छ । आपूm भन्दा अघि कुनै रकम भुक्तानी भएको भए खोजेर बताउन सक्ने पौडेलले प्रतिक्रिया दिएका छन् । साथै रामेछाप नगरपालिकाका लेखा अधिकृत मदन सुवेदीले पनि आफूहरुले कुनै चालु आर्थिक वर्षमा कुनै पनि रकम यस आयोजनाका लागि भुक्तानी नगरेको जिकिर गरेका छन् ।


हामीले यस आयोजनाको बारेमा यथार्थ के हो भन्ने विषयमा सामुदायिक विकास समाज सिडिएससँग यस आयोजनासँग सम्बन्धित विभिन्न ५ बुँदे लिखित सूचना माग गरेका थियौं तर सिडिएसले पर्याप्त सूचना दिन सकेको छैन । सिडिएस कै भनाई अनुसार आगामी असार २९ गते सम्बन्धित उपभोक्ता समिति र आफूहरुको बैठक हामी सहितको संलग्नतामा बसेपछि दिने बताएको छ ।
आगामी असार २९ गते बैठक बसेपनि नबसे पनि सिडिएसको आधिकारिक धारणा तथा हाम्रो यस आयोजनाप्रतिको बुझाई फलोअप रिपोर्टको रुपमा हामी यहाँहरुको माझमा प्रस्तुत गर्ने नै छौं ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

कक्षा ५ र ८ मा उत्कृष्ट तीनमा पर्ने विद्यार्थीले पाए प्रोत्साहान भत्ता ५० हजार [फोटोसहित]

Next Post

७० जनामा कोरोना पुष्टि : ४३१ जना डिस्चार्ज

Next Post
४ हजार नाघ्यो कोरोना संक्रमितको संख्या, आज ३२३ जनामा पुष्टि

७० जनामा कोरोना पुष्टि : ४३१ जना डिस्चार्ज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.