असार ३१
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढेको विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वार्ता सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा केही समयअघिबाट वार्ता सुरु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् ।
ओली र प्रचण्डबीच मंगलबार पनि झण्डै डेढ घण्टा वार्ता भएको थियो । गत असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठकमा बहुमत सदस्यले ओलीको राजीनामा मागेपनि ओली त्यसको विपक्षमा छन् ।
यसबीचमा स्थायी समिति बैठक स्थगित गरेर ओली र प्रचण्डबीच पटक पटक वार्ता भएपनि सहमति हुन सकेको छैन ।file Photo