Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

त्रिविको परीक्षा असोजमा, यस्तो छ परीक्षा विधि

Milan Ghimire by Milan Ghimire
July 18, 2020
in शिक्षा, समाचार
0
त्रिविले विज्ञान, मानविकी र शिक्षा संकायको नतिजा यसै हप्ता प्रकाशित गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
साउन २,

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वविद्यालयले परीक्षा लिने बाटो खोल्ने भएको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत चैत ७ गतेदेखि विश्वविद्यालयले स्थगित गरेको सबै तहको परीक्षा दशैँअघि सञ्चालन गर्नेगरी परीक्षाको कार्यतालिका तयार पारेको जानकारी दिए ।

तोकियो विधि

विश्वविद्यालयले अनलाइन वा विद्यार्थीले परीक्षा केन्द्रमै पुगेर परीक्षा दिनेगरी दुई विधिबाट मात्र परीक्षा गरिने स्पष्ट गरेको छ ।

सेमेस्टर प्रणालीमा अध्ययन गरेका विद्यार्थीको केही परीक्षा अनलाइन र केही परीक्षा केन्द्रमै पुगेर परीक्षा लिनेगरी सञ्चालन गरिने नियन्त्रक जोशीले जानकारी दिए ।

यसका साथै वार्षिक प्रणालीमा अध्ययनरत विद्यार्थीको परीक्षा अनलाइनमा गर्न समस्या देखिएकाले विद्यार्थी परीक्षा हलमै उपस्थित हुनुपर्ने अवस्था रहेको उनले स्पष्ट पारे।

यसअघि विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको परीक्षाका लागि अनलाइन, भौतिक उपस्थिति, विद्यार्थीले घरमै लेखेर ल्याउन सकिने लगायतका विकल्प खुला गरेको थियो तर त्रिविले भने अनलाइन या विद्यार्थीको भौतिक उपस्थितिमा मात्रै परीक्षा लिने तयारी गरेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् । पत्रिकाबाट

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

संसद विकास कोषको लगानी खोलामा, पालिकाले रोक्यो भुक्तानी (भिडियो सहित)

Next Post

CPN dispute: Discussion between Oli-Prachanda and Madhav Nepal continues

Next Post
नेकपा विवाद : ओली–प्रचण्ड र माधव नेपालबिच छलफल जारी

CPN dispute: Discussion between Oli-Prachanda and Madhav Nepal continues

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.