Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

संसद विकास कोषको लगानी खोलामा, पालिकाले रोक्यो भुक्तानी (भिडियो सहित)

जनता भ्वाइस by जनता भ्वाइस
July 19, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
संसद विकास कोषको लगानी खोलामा, पालिकाले रोक्यो भुक्तानी (भिडियो सहित)
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

साउन १, जनता भ्वाइस संवादाता, रामेछाप
पचास लाख रुपैयाँको कूल लागतमा निर्मित आयोजनाको कार्य प्रणालीमा अनुगमनकर्ताहरुकै मत नमिल्दा रामेछापको लिखु तामाकोसी गाउँपालिकामा यतिबेला गर्मागर्मी बढेको छ । समुद्रीक सतहबाट करिब १ हजार ८ सय मिटर भन्दा बढी उचाईको चिसो स्थानमा रहेको गाउँपालिका कार्यालयमा धाउँदा धाउँदा उपभोक्ता समितिका पदाधिकारीहरु असिन पसिन भएका छन् ।
लिखु तामाकोसी गाउँपालिका वडा नं. ६ को ज्यामिरेखानी स्कुल नजिकै रहेको आपरखोला पहिरेखोला तटबन्ध निर्माण आयोजनामा उपलब्धीविहिन कार्य भएको भन्दै गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल सहितको अनुगमन समितिले गरेको अनुगमनमा केही अनुगमन कर्ताहरु र गाउँपालिकाका अध्यक्षकै मत नमिलेका कारण सो आयोजनाको भुक्तानी रोकिएको हो ।
रामेछापका संघीय साँसद श्यामकुमार श्रेष्ठको पहलमा साँसद विकास कोषको ५० लाख रकम प्राप्त भएपछि सो आपरखोला पहरेखोलामा तटबन्ध निर्माणको कार्य अगाडि बढेको थियो ।
स्मरण रहोस्, गत चैत्र ३ गते मात्रै लिखु तामाकोसी गाउँपालिकाको आर्थिक वर्ष २०७६–०७७ को बजेट विनियोजन भएको थियो ।


बजेट विनियोजन भएको करिब १ साताबाटै कोरोना भाइरस कोभिड १९ का कारण देश बन्दाबन्दीमा गएको भएता पनि आयोजनाको काम असार मसान्त सम्म बजेट अनुसार सम्पन्न भएको उक्त आयोजनाको उपभोक्ता समितिका अध्यक्ष उर्मिला अधिकारी बताउँछिन् । पक्कै पनि यो आयोजना हेर्दा निकै अचम्म लाग्दो छ । २ र ३ घनमिटरका ३ सय ९० वटा ग्याबिन जालीहरु खोलाको बीचमा बिच्छ्याइएको छ । अनुमानित १५ मिटर भर्टिकल हाइट हुनेगरी १७ स्टेप जालीहरु बिच्छ्याइएको छ । आयोजनाको काम हेर्दा कुनै बाटोको सिँढी जस्तो देखिन्छ । ग्याबिनको बीचमा खोलाको वहावका लागि ठाउँ समेत छुट्याइएको छ र १७ स्टेप माथि खोलाको बीच खाली भागमा माटो भरिएको छ । हेर्दा सो तटबन्धलाई कुनै तलैया भन्दा कम आँक्न सकिँदैन । तर यो तटबन्ध मात्रै नभएर नजिकैरहेको विद्यालयका बालबालिकाहरुका लागि बनाइएको खेलमैदान पनि हो । आपरखोला नामक यो खोल्सीले भूक्षय गराउने डरले निर्माण भएको यो तटबन्ध अन्ततः खेलमैदानमा परिणत भएको छ ।


यस आयोजनाका बारेमा स्थानीयबासी तथा अनुगमनकर्ता र गाउँपालिकाका अध्यक्ष बीचमा फरक फरक मत देखिएको छ । अनुगमन कर्ता मध्यका राजकुमारी बस्नेत र पदमबहादुर तामाङ भुक्तानीका लागि कुनै पनि हालतमा सहमती नदिने बताउँछन् भने उपाध्यक्ष दीपशिखा दाहाल र रेजिना बुढाथोकी जुनसुकै हालतमा भएपनि काम अनुसारको रकम भुक्तानी हुनु पर्ने अडान राख्दै आएका छन् ।
तर गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का खोलामा बगाएको आयोजनाको भुक्तानी नदिने अडानबाट टसको मस भएका छैनन् ।


आयोजना निर्माण भएको वडाका वडाध्यक्ष हुन् शिवप्रसाद न्यौपाने । उनी हिजो श्री मावि ज्यामिरेखानी भूकम्पले क्षतिग्रस्त भएका कारण एसियाली विकास बैंकले खेलमैदान नभए आपूmहरुले विद्यालयको पुर्ननिर्माण गर्न नसक्ने बताएको अवस्थामा ऊ सँग खेलमैदानको व्यवस्था गरिदिने भनि कागज गरेको कारण उक्त स्थानमा तटबन्ध तथा खेलमैदान बनाउनु परेको न्यौपानेको भनाई छ । साथै वडाध्यक्ष न्यौपाने जसरी भएपनि आयोजना समयमा नै सम्पन्न भएको कारण भुक्तानी रोक्न नहुने अडानमा छन् ।


आयोजनामा खर्च भएको रकमको कुनै ठोस उपलब्धी देख्न नसकेको र आयोजनाको खर्च पानीमा बगेको आयोजना अनगमन कर्ता मध्येकी एक सदस्य राजकुमारी बस्नेत बताउँछिन् । उनी सो आयोजनाको रकम भुक्तानीका लागि कुनै पनि हालतमा हस्ताक्षर नगर्ने बताउँछिन् । अझ उनले सो आयोजनामा भ्रष्टाचार भएको कुरा निकै चर्को स्वरमा पछि परिनन् ।
उपलब्धी विहिन कार्य भएकोमा अर्का अनुगमन कर्ता मध्येका एक सदस्य तथा लिखु तामाकोसी गाउँपालिका वडा नं २ का अध्यक्ष पदमबहादुर तामाङ आफू पनि सो आयोजना को भुक्तानीका लागि कुनै पनि हालतमा सहमती नदिने बताउँछन् ।


यता अनुगमनकर्ता बस्नेत र तामाङले आयोजनाको भुक्तानीका लागि आफूहरु सहमत नभएको बताइरहँदा गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल भने आयोजना निर्माण सम्पन्न भइसकेपछि भुक्तानी रोक्दा आयोजनामा काम गरी कार्यसम्पन्न गरिसकेका मजदुरहरुको ज्याला भुक्तानीमा रोक्न नहुने धारणा राख्छिन् ।


उपप्रमुख दाहालकै भनाई लाई सहमती जनाउँदै अनुगमन कर्ता मध्येकी अर्की एक सदस्य रेजिना बुढाथोकी गाउँपालिकाका अध्यक्षले हलो अड्काएर गोरु कुटेको जस्तो व्यवहार गरेको बताएकी छिन् । गाउँपालिका भित्रको विवादको शिकार मजदुरहरु हुनु नहुने र भएको कामको भुक्तानी पाउनु पर्नेमा बुढाथोकीको जोड रहेको छ ।


आयोजना निर्माणका लागि ३ सय ९० वटा ग्याबिन जाली लागेको छ । सो ग्याबिन जाली वडा नं. ६ कै स्थानीयबासी, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष तथा निर्माण व्यवसायी दुर्गाबहादुर श्रेष्ठले खरिद गरी उपलब्ध गराएका हुन् । गाउँपालिकामा दुर्गाबहादुर श्रेष्ठले व्यापार गर्ने उद्देश्यले उपलब्धी विहिन आयोजनामा जाली हाल्न लगाएको भन्ने आरोपलाई उनी सख्त खण्डन गर्छन् । उनी भन्छन् मेरो काम नै निर्माण व्यवसाय गर्ने हो । जिल्लामा मैले भन्दा अरु कसैले जाली बेच्दैनन् त मैले नबेचेर के गर्नु ?


आपरखोला पहरेखोला तटबन्ध निर्माण उपभोक्ता समितिकी अध्यक्ष उर्मिला अधिकारी गाउँपालिका, अझ भन्दा अध्यक्ष गोविन्दबहादुर खडकाले लगाएको बचन र गरेको व्यवहारले आफू हैरान भएको बताउँछिन् । उनी यो कुरा व्यक्त गर्दा गहभरी आँशु पारी भक्कानिएकी थिइन् ।
नेपालका करिब ३ कारेड नेपाली नागरिकहरुलाई ल्याएर देखाउने हो भने पनि खिम्तीमा निर्माण भएको आयोजनाको काम कोही कसैले सही भन्न नसक्ने दावी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काको छ । खड्का आयोजनाको काम राम्रो नभएको तर्फ संकेत गर्दै भन्छन्, ‘गोविन्दबहादुर बरु झुण्डिन चाहन्छ, नराम्रो कामलाई राम्रो भएको भन्न सक्दैन ।’


मजदुरको ज्याला र जाली खरिदमा रकमको जोहो हुनुपर्ने तथ्यलाई अध्यक्ष गोविन्दबहादुर खड्काले महसुस गरेका छन् । उनले आफ्ना पालिकाका आफ्नै जनताहरुलाई काममा लगाएर ज्याला नदिनु उचित नभएको कुरालाई संकेत गर्दै मजदुरको कामको ज्याला र ग्याबिन जाली खरिदको बील सम्म भुक्तानी गर्ने सोच रहेको गाउपालिका श्रोतले जानकारी दिएको छ । यसलाई हामीले विश्लेषण गर्दा मजदुरको ज्याला र ग्याबीन जाली बापत ५० लाख रुपैयाँको आयोजनामा करिब २० देखि २२ लाख सम्म भुक्तानी गर्ला कि भन्ने आँकलन गर्न सकिन्छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सिन्धुलीमा कोरोना जितेर एक जना डिस्चार्ज

Next Post

त्रिविको परीक्षा असोजमा, यस्तो छ परीक्षा विधि

Next Post
त्रिविले विज्ञान, मानविकी र शिक्षा संकायको नतिजा यसै हप्ता प्रकाशित गर्ने

त्रिविको परीक्षा असोजमा, यस्तो छ परीक्षा विधि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.