Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

साउन ४ देखि ८ गतेसम्म घनघोर वर्षा हुनसक्ने तर्फ जिल्ला प्रशासनको सचेतना सूचना

जनता भ्वाइस by जनता भ्वाइस
July 19, 2020
in समाचार
0
रामेछापमा मास्क नलगाई घरबाहिर निस्किनेलाइ कार्बाही,
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

साउन ३ । जनता भ्वाइस संवाददाता, रामेछाप
जिल्ला प्रशासन कार्यालय, रामेछापले आगामी साउन ४ गतेदेखि ८ गतेसम्म हुने मौसमको प्रतिकूलताप्रति नागरिक स्तरमा सचेतनाको सूचना प्रवाह गरेको छ । उल्लेखित दिनहरुमा हल्कादेखि भारी वर्षा समेत हुने अवस्थालाई मध्यनजर गर्दै नदी किनारामा रहने रामेछापेली नागरिकहरुलाई सुरक्षित रहन आग्रमह गरेको हो ।
सूचनामा जनाइए अनुसार जिल्लाका नदी किनारामा बस्ने देखि पहाडी क्षेत्रका नागरिकहरुलाई हुने बाढी तथा पहिरोबाट बच्न आवश्यक सावधानी अपनाउने कार्यमा लाग्न जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत भनेको छ ।


आपतकालिन समयका लागि विपदमा सुरक्षा निकायलाई तयारी अवस्थामा रहन र सर्वसाधारणलाई कुनैपनि भए गरेका प्राकृतिक प्रकोपजन्य घटनाको खबर नजिकको प्रहरी चौकीमा दिनु हुन जिल्ला प्रशासन कार्यालयले सबैलाई अनुरोध गरेको छ । बाढी, पहिरो तथा डुवानबाट जोखिममा रहेका बस्तीका बासिन्दा सुरक्षित स्थानमा बस्नु हुन र स्थानीय तहबाट सुरक्षित स्थानमा राख्ने व्यवस्था हुन, नदी, खोलाको आसपासमा बालबच्चालाई नछोड्न, बाढी, पहिरोबाट हुन सक्ने सडक अवरुद्ध हटाउन उद्धारका उपकरण तयारी अवस्थामा राख्नु हुन समेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।


साथै विपद् प्रभावित क्षेत्रमा यातायात, विद्युत, खानेपानी र सञ्चार लगायत अत्यावश्यक सेवा सूचारु राख्नका लागि सबै स्थानीय तह, रेडक्रस, गैरसरकारी संस्था, निजी क्षेत्र तथा विषयगत कार्यालयहरुले आआफ्नो स्थानबाट सहयोग तथा सूचना प्रवाह गर्नु हुन र आपतकालिन अवस्थामा प्रहरी सञ्चार १००, स्थानीय तह, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नु हुन सबैमा अनुरोध गरेको छ ।
हेर्नुहोस् सूचना…

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बाढी पहिरो जान सक्छ सचेत हौं- रामेछाप प्रशासन

Next Post

विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २०० पुग्यो : ९३ प्रतिशत निकोभए

Next Post
संघीय संसद अन्तर्गतका ४ सय ४१ जनाको स्वाब संलकन

विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २०० पुग्यो : ९३ प्रतिशत निकोभए

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...