Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चीनको केरुङ च्छो ताल फुट्ने खतरा, भोटेकोसी र सुनकोसी आसपास सुरक्षित रहन आग्रह

जनता भ्वाइस by जनता भ्वाइस
July 21, 2020
in समाचार
0
चीनको केरुङ च्छो ताल फुट्ने खतरा, भोटेकोसी र सुनकोसी आसपास सुरक्षित रहन आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

६ साउन,
बितेका केही दिनयता लगातारको वर्षाका कारण चीनको केरुङ ज्यो ताल फुट्न सक्ने भन्दै प्रशासनले सुनकोसी र भोटेकोसी आसपासका वासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ । लगातार पानी परिरहेको र सो तालको क्षमता भन्दा बढी पानी जम्मा भएकाले ताल फुट्न सक्ने भन्दै चिनियाँ अधिकारीहरुले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएपछि प्रशासनले स्थानीयलाई सतर्क र सुरक्षित रहन आग्रह गरेको हो ।


सोमबार अबेर स्थानीय प्रशासनले विज्ञप्ति निकाल्दै सुरक्षित रहन र खोला आसपासको बस्ती खाली गर्न बलेफिदेखि माथि माइकिङ गरेको थियो । राति पानी केही मत्थर भएपनि मध्यरातदेखि चीनमा पानी परिरहेकाले खतरा कायमै रहेको सूचना बिहानै पनि हामीलाई आएको छ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले भन्नुभयो । काफ्लेका अनुसार यता जस्तो सानो पानी परेको होइन उता अविरल मुसलधारे पानी परिरहेको जानकारी प्राप्त भएको छ । हिजो भन्दा भोटेकोसी नदीको वहाव बढेको स्थानीयले बताएका छन् ।

प्रशासनले सूचना जारी गरेपनि आतिहाल्नुपर्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल बताउँछन् ।
‘उता ताल फुट्यो भन्ने जानकारी आए यता भाग्न सक्ने समय रहन्छ तर पनि सतर्कता अपनाउनै पर्ने देखिन्छ ’ , ढकालले भने । तातोपानी नाकाबाट करिव ४५ किमि टाढा तिब्बतको कुतीबजारबाट उक्त तालको पानी भोटेकोसीमै मिसिने भएकाले खतरा हुन सक्ने अनुमान स्थानीय प्रशासनको छ । उक्त ताल पुग्न कुतीबाट गाडीमा करिव ५–६ किमी पार गर्नुपर्छ । कराइ आकारको उक्त ताल भरिएकाले त्यसको जमेको पानी ओभर फ्लो हुने वा फुट्न सक्ने शंका गरिएको हो ।

नेपालीले दुध पोखरीको नामले चिनिने उक्त ताल निकै ठूलो रहेको छ । तातोपानी स्थित मितेरी पुल पारि चिनियाँ भू–भागमा रहेका आफ्ना नागरिकलाई नेलाम प्रशासनले खासा सारेको छ । भूकम्पछि तातोपानी भन्सार बन्द भएपछि चीनले मितेरीपुलमा आफ्ना कर्मचारी र सुरक्षाकर्मी मात्र राख्दै आएको छ । यस अघि बसेका सर्वसाधारणलाई भने सिगात्सेमा बसोबास गराइसकेको छ । ताल फुटेमा त्यसको असर सीमा क्षेत्र तातोपानीदेखि तल्लो भाग सुनकोसी, भोटेकोसी किनार हुँदै दोलालघाट, सिन्धुली , रामेछाप र तराइका जिल्लामासमेत पर्ने छ, इमेजखबरले समाचार छापेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

पूर्व प्रधानमन्त्री भट्टराईको ट्वीटमाथि फलोअरको पारो चढ्यो, फलोअर्स भन्छन् ‘तिमी वेश्या हौ…’

Next Post

विपिको स्मृतिमा वृक्षारोपण

Next Post
विपिको स्मृतिमा वृक्षारोपण

विपिको स्मृतिमा वृक्षारोपण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.