Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कृषकको मकै जंगली जनावरले नष्ट, काम गर्ने कालु मकैखाने भालु भनेजस्तै भएको कृषकको गुनासो

जनता भ्वाइस by जनता भ्वाइस
July 26, 2020
in समाचार
0
कृषकको मकै जंगली जनावरले नष्ट, काम गर्ने कालु मकैखाने भालु भनेजस्तै भएको कृषकको गुनासो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन ११ । जनताभ्वाइस संवाददाता, रामेछाप

कोरोना भाइरसको कारणले विभिन्न समस्यासँग जुधिरेहका दोलखा जिल्लाका कृषकहर यतिबेला बाँदर, दुम्सी र बँदेलको आतङ्कबाट गुज्रिरहेका छन् । दोलखा जिल्लाका कृषकले लगाएको मकै बारीमा बाँदर, दुम्सी र बँदेलले सखाप पार्न थालेपछि दोलखा जिल्लाका कृषकहरु मर्कामा परेका छन् ।

दिउँसो त ठिकै हो, रुँगालु राखेरै भएपनि मकैबारी जोगाउन सकिन्थ्यो तर रातीको समयमा दुम्सी र बँदेलले मकैबालीमा क्षति पुर्याएको कृषकहरुले बताएका छन् । बाँदर, दुम्सी र बँदेलले मकैबाली नष्ट गरिदिएपछि वर्षभरि खाने अन्न बालीमा आफूलाई घाटा लागेको तामाकोसी गाउँपालिका मालुका कृषक अर्जुन पोखरेलले बताएका छन् । मालुमा रातोबाँदरले कृषकहरुलाई सास्ती दिएको छ ।

बिगुका कृषक ढालबहादुर तामाङ आफूहरुलाई दिउँसोका समयमा बाँदर र रातीको समयमा दुम्सी र बँदेलले दुःख दिएको बताउँछन् । उनी भन्छन्, ‘दिउँसो त जसोतसो मकै जोगाउन सकिन्थ्यो, तर राती सुत्न समेत पाइँदैन । रातभरी मकैबारीमा गोठालो बसेर मकै जोगाइरहेका छौं ।

त्यति हुँदा पनि कतै न कतैबाट आएर दुम्सी र बँदेलले कमै खाइदिन्छ । जोगाउनै मुस्किल परिसक्यो ।’ दुम्सी रातमा मात्र आउने भएकाले रातमा दुम्सी धपाउन आगो बाल्ने थाल र टिन थर्काउने, सिटी बजाउने जस्ता काम कृषकहरुले गरिरहेका छन् ।

किसानहरु रातभर बारीमै जाग्राम बस्नु परेको अवस्थाले उनीहरुलाई हैरानी भएको बताएका छन् । गाउँ घरका अधिकांश मानिस जमिन बाँझो राखेर शहर पसेको तथा गाउँमै बसेकाहरुले समेत खेतीपाती नगरेका कारण पछिल्लो समय जंगली जनावरको बिगबिगी बढेको हो ।

बाँदर दुम्सी मृग लगायतका जंगली जनावरले बालीनालीमा क्षति गरेपनि किसानहरुले अहिलेसम्म यस बारेमा कुनैपनि क्षतिपूर्ति पाउन सकेका छैनन् । यसै बीच भीमेश्वर नगरपालिकाले केहीदिन अघि बाँदर आतङ्क नियन्त्रण गर्न भन्दै किसानहरुलाई बाँदर धपाउने यन्त्र समेत वितरण गरेको थियो ।

नगरपालिका ७५ हजारमा खरिद गरेको ३० थान बादर धपाउने उपकरण विभिन्न भूगोल किसानहरुलाई वितरण गरेको हो । सो उपकरणले बाँदर खेतबारीमा आउँदा ठूलो स्वरले पड्काएर बाँदर धपाउने कामका लागि प्रभावकारी हुनसक्ने नगरपालिका स्रोतको अनुमान रहेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सोमबारबाट तीन दिनसम्म झरी हुने

Next Post

केटाले जबर्जस्ती गरे बलात्कार हुने केटीले जबर्जस्ती गरे चमत्कार हुने ?

Next Post
केटाले जबर्जस्ती गरे बलात्कार हुने केटीले जबर्जस्ती गरे चमत्कार हुने ?

केटाले जबर्जस्ती गरे बलात्कार हुने केटीले जबर्जस्ती गरे चमत्कार हुने ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.