Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

तामाकोसी अस्पतालमा एक वर्षमा झण्डै ३० हजार बिरामीले सेवा लिए, लकडाउनमा धेरै बिरामी आएको अस्पतालको तथ्याङ्क

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण देखिएका एकको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन १३ । जनता भ्वाइस संवाददाता, रामेछाप
तामाकोसी सहकारी अस्पतालले आफ्नो गत आर्थिक वर्ष भित्रको गतिविधिलाई सार्वजनिक गरेको छ । गत वर्ष अर्थात् २०७६ साल साउन १ गतेदेखि २०७७ साल असार मसान्त सम्म तामाकोसी सहकारी अस्पतालमा जम्मा २६ हजार ७ सय ९३ जना बिरामी उपचारका लागि आएका छन् । जसमा नयाँ बिरामीको रुपमा १४ हजार ३ सय ९० जना प्रवेश गरेका थिए भने पुरानै बिरामीहरु भने ८ हजार ३ सय १५ जना प्रवेश गरेको बताइएको छ ।


कुनै पनि रोग लागि आकस्मिक सेवामा समेत यस अस्पतालमा बिरामीहरु आउने गरेका छन् । गत आर्थिक वर्षको सुरुदेखि यस वर्षको असार मसान्तसम्म ४ हजार ८८ जना बिरामीहरु आकस्मिक रुपमा अस्पतालमा आएका थिए । सोही आँकडामा १ हजार ३ सय १३ जना बिरामीहरुले भर्ना भएरै आफ्नो स्वास्थ्य सेवा लिएका थिए ।


उपचारका लागि राजधानी जानुपर्ने अवस्थाबाट नागरिकहरुलाई मुक्ति दिँदै यस अस्पतालले विगतदेखि नै विभिन्न अन्य स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । गत आर्थिक वर्षको तथ्याङ्कलाई हेर्ने हो भने ३ हजार १ सय २५ जना बिरामीहरुले यस अस्पतालबाट अल्ट्रा साउण्ड सेवा लिएको देखिएको छ भने ५ हजार ६ सय ५६ जनाले एक्सरे सेवा लिएका छन् । त्यस्तै इसिजी ६ सय १०, ल्याबसेवा ९ हजार ८ सय ४२, इको १ सय ४७, जिआइ इडोस्कोपी १ सय ५८, प्यापसिमर १ सय १६ र भिआइए टेष्ट ६५ जना यस्ता प्रकृतिका सेवाहरु लिएको तामाकोसी अस्पतालका डाइरेक्टर डाक्टर सुमन कर्माचार्यले बताएका छन् ।


आजभन्दा २० वर्ष अर्थात् २०५७ सालदेखि स्थापना भएको यस अस्पतालले सो समय भन्दा अघि सामान्य क्लिनिकको रुपमा आफ्नो गतिविधिलाई अगाडि बढिरहेको डाक्टर कर्माचार्य सम्झन्छन् । उनी भन्छन्, ‘हामीले आज यो अवस्थामा अस्पताललाई ल्याउन भनेर त्यो बेला संचालन सुरु गरेकै होइन । हामीले तामाकोसी सेवा समिति नामक गैरसरकारी संस्थाले गाउँगाउँमा स्वास्थ्य जागरण ल्याउन खोज्दा खोज्दै यो अस्पतालको परिकल्पना भएको हो । हामीले जब गाउँमा गएर जनस्तरमा स्वास्थ्य सम्बन्धी जागरण ल्याउन थाल्यौं, तब जनस्तरको माग अनुसार यो अस्पताल संचालन गर्नु परेको हो ।’


विगतका दिनमा यो अस्पताल समान्य स्वास्थ्य चौकीको अवधारणाले सुरु भएको भएपनि आज यो अस्पताल रामेछाप जिल्ला मात्रै नभएर दोलखा, ओखलढुङ्गा र सिन्धुलीका बिरामीहरुको लागि समेत गन्तव्य बन्ने गरेको छ ।
विशेषरी महिलाहरुको हरेक समस्याका लागि कहलिएका अर्थात् गरिबका डाक्टर भनेर चिनिने डाक्टर सुमन कर्माचार्य र जनस्तरका विभिन्न स्वास्थ्य समस्याका लागि कहलिएका डाक्टर केशव धामी यो अस्पतालका मुटु भनेर चिनिने गरेको यसै अस्पतालबाट सेवा लिने धेरै विरामीहरु बताउँछन् । बिरामीका लागि डाक्टरले दिने एक मुस्कान र रोगको बारेमा केही थप समयको सोधखोजले नै आधा रोग निको हुन्छ भन्ने मनोबैज्ञानिक सोच यस अस्पतालमा देखिन्छ । डाक्टरद्वय कर्माचार्य र धामी यस कार्यालका लागि बिरामीहरुलाई निकै पारिवारिक तवरले माया दिँदै उपचारमा खटिइरहेका देखिन्छन् ।


कोरोना भाइरस (कोभिड १९) को महामारीले देश लकडाउनमा जाँदा समेत यो अस्पतालले सुरक्षाका विविध उपायहरु अपनाउँदै नागरिकहरुलाई दिनुपर्ने स्वास्थ्य सेवा दिन बाँकी राखेको थिएन । झन कोरोना भाइरसले छिमेकीदेश चीनको वुहान शहर संकटग्रस्त हुनासाथै संयोगले नेपाल छिर्न पाएका डाक्टर केशव धामी आउनासाथ बिरामीले सेवा लिन आउने दर बढेको डाक्टर धामी स्वीकार्छन् । धामी चीनको वुहान शहरमा थप मेडिकल अध्ययनको लागि विगत २ वर्षदेखि अध्ययनरत थिए । थरमा ‘धामी’ भएपनि उनको उपचार ‘छु मन्तर’ जस्तै चट्टै हुने मन्थलीका धेरै स्थानीयहरुको विश्वास रहेको छ ।


‘वर्षभरिको मुनाफा कति छ अस्पतालको ?’ भन्ने जनता भ्वाइसको जिज्ञासामा डाइरेक्टर सुमन कर्माचार्य भन्छन्, ‘मुनाफा नै ठ्याक्कै कति छ भनेर त मैले भन्न सक्दिन, त्यो पाटो लेखाको हो । तर यस अस्पतालमा रहेका ३२ जना सबै स्तरका कर्मचारीहरुलाई मज्जाले पाल्न पुगेको छ ।’
अहिले अस्पताल भएको भवन तामाकोसी सेवा समितिको हो । जसले अस्पतालसँग कुनैपनि किसिमको शुल्क घरको प्रयोगबापत नलिएको कर्माचार्य बताउँछन् । धेरै भन्दा धेरै बिरामीहरु मन्थली नगरपालिकाकै आउने यस अस्पतालले जिल्लाभरकै नागरिकहरुसँग प्रत्यक्ष जोडिएर सेवा दिइरहेको छ । यसै सन्दर्भमा डाक्टर कर्माचार्य भन्छन्, ‘हामीले बिरामी आयो, अब यसलाई उपचार गर्दा पैसा आउँछ भनेर कहिल्यै सोचेनौं । उपचारमा लाग्ने न्यूनतम खर्च त व्यहोर्नै पर्छ । त्यसमा पनि गरिब, असाहय र विपन्नका लागि हाम्रो सहयोग कोषबाट पनि कतिलाई सहुलियत दिइएको छ ।
हामी बिरामी को आयो भन्दा पनि कस्तो प्रकृतिको बिरामी आइपुग्यो ? उसको रोगको लक्षणले कतै उसको समुदायमा महामारी पो फैलिन लागेको हो कि ? भन्ने आशयले पनि त्यसको खोजखबर गर्ने गछौं । यदि सामुदायिक रुपमा नै रोगको महामारी फैलिन लागेको हो भने त्यसको लागि पनि हामी फिल्डमा खटिइरहेका हुन्छौं ।’


हाल यो अस्पतालमा दैनिक १ सय देखि १ सय ५० जनासम्म बिरामी आउने गरेको डाक्टर कर्माचार्य बताउँछन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

कमलादीबाट १५ किलो ‘सुन’ बरामद

Next Post

रामेछापमा गत ५ महिनामा २५ जनाले गरे आत्महत्या, के कारणले गर्छ मान्छेले आत्महत्या ?

Next Post
लिखु तामाकोशीमा एक युवक झुण्डीएको अवस्थामा मृत फेला

रामेछापमा गत ५ महिनामा २५ जनाले गरे आत्महत्या, के कारणले गर्छ मान्छेले आत्महत्या ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.